एनआइसी एसिया बैंकको आकर्षक योजना

५ बर्ष अगाडि

एनआइसी एसिया बैंकले २२ औँ वर्ष प्रवेशका अवसरमा विभिन्न आकर्षक योजना सञ्चालन गरेको छ ।

बैंकले सर्वाधिक ब्याजदर सहितका चमत्कारिक विशेषतायुक्त १५ नयाँ बचत निक्षेप योजना सार्वजनिक गर्दै घोषणा गरेको हो  ।

जनकपुरमा एक कार्यक्रमको आयोजना गरी बैंकले सबै वर्गका ग्राहकलाई लक्षित गरी चमत्कारिक बचत खाता, चमत्कारिक नारी बचत खाता, चमत्कारिक ज्येष्ठ नागरिक बचत खाता, चमत्कारिक बाबुनानी बचत खाता, चमत्कारिक विद्यार्थी बचत खाता, चमत्कारिक स्वरोजगार बचत खाता तथा कर्मचारीलाई लक्षित गरी चमत्कारिक तलब बचत खाता लगायत योजना सार्वजनिक गरेको छ।
 नयाँ योजनाले आम मानिसमा बचत गर्ने बानीको विकास गर्ने विश्वास बैंकले लिएको छ । 

नयाँ योजनामा सहभागी ग्राहकले १५ लाखसम्मको दुर्घटना बिमा र १५ लाखसम्मकै १८ घातक रोगको बिमा सुविधासमेत पाउनेछन । 

साथै योजनामा सहभागी ग्राहकलाई १ लाख ५० हजार रुपैयाँसम्मको औषधोपचार बिमा सुविधासमेत प्रदान गरिने बैंकको भनाइ छ । योजनामा सहभागी ग्राहकले कर्जामा समेत विशेष छुट र सहुलियत प्राप्त गर्ने बैंकले जनाएको छ ।

 बैंकको चमत्कारिक बचत निक्षेप खाता बैंकका देशभरका २ सय ८१ वटै शाखाका साथै अनलाइनबाट पनि खोल्न सकिने बताइएको छ । बैंकले ल्याएको योजनामा नेपालमै पहिलोपटक स्विप इन–स्विप आउटको सुविधाबाट बचत खातामै मुद्दती खाताको सुविधा पाइने बताइएको छ । 
योजना अन्तर्गतका ग्राहकले कुनै  बैंकको कुनै पनि सञ्जालको एटिएमबाट निःशुल्क रकम निकाल्न सकिनेलगायत सुविधासमेत उपलब्ध छ । हाल बैंकले २ सय ८१ शाखा कार्यालय, २ सय ८९ एटिएम, ३९ एक्स्टेन्सन काउन्टर एवं २३ शाखारहित बैंकिङ एकाइमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया