दश रुपैयाँमा किन्नुस 'नबिल म्यूचअल फण्ड'

५ बर्ष अगाडि

काठमाडौं – नबिल बैंकले नबिल म्युचुलअ फन्डको सार्वजनिक निष्कासन गरेको छ । यो बैंकले १० करोड २० लाख इकाईको प्रति कित्ता रु १० का दरले नबिल ब्यालेन्स फन्ड २ को सार्वजनिक निष्कासन गरेको हो ।

यो बैंकले न्युनतम एक सय ईकाइको लागि आवेदन दिनुपर्ने हुन्छ । यो बैंकको जम्मा १२ करोड इकाईमध्ये बीज पुँजी, नबिल बैंक लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई छुट्टाएर सर्वसाधारणको लागि १० करोड २० लाख इकाईको बिक्री खुला गर्ने भएको छ ।

यसको लागि यही बैशाख ५ गतेबाट छिटोमा ९ गते र ढिलोमा चैत ३ गतेभित्र आवेदन दिनुपर्ने हुन्छ । यसको बिक्री प्रवन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड हो ।

५ बर्ष अगाडि

प्रतिक्रिया