पोखरामा प्रमोद खरेलले सबैलाई भावुक बनाए

४ बर्ष अगाडि

पोखरा –  पोखरा सभागृहको स्टेजमा पछिल्लो पुस्ताका लोकप्रिय गायक प्रमोद खरेल उत्रिए । 

सङ्गीत पारखीहरुको बेजोड ताली र ‘हुटिङ’बाट उनको स्वागत भयो । गायक खरेलले गीतका सर्जक शीतल गिरीलाई पनि स्टेजमा बोलाए ‘शीतल पनि चिनिनु पर्छ’ भनेर चिनाए दर्शकलाई । गीतसङ्गीतमा जति धेरै आवाज र ताली सुनिन्छ, गायकलाई उतिनै ऊर्जा मिल्छ । आयोजकलाई पनि उत्साहित बनाउँछ । वातावरण त्यस्तै थियो । 

एकाएक प्रमोद खरेल केही भावुक भए । सबै आश्चर्यमा परे । उनले निकै भावपूर्ण तरिकाबाट दिवङ्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको नाम उच्चारण गरे । पोखरा उनको गृहनगर । अधिकारीको लोकप्रियताले उचाइ लिएको ठाउँ । गायक खरेलले उनै दिवङ्गत मन्त्रीमा समर्पित गर्दै एउटा गीत गाए ।
 
“याद गर्न पनि त कोही न कोही त चाहिँदोरहेछ”, दर्शकदीर्घामा रहेकाहरु झनै भावुक बने जब पछाडिको इलेक्ट्रोनिक पर्दामा रवीन्द्रका मुस्कानसहितका तस्वीरहरु देखिए । गीतसँगै टोलाइरहेका थिए उनका समकालीन राजनीतिज्ञ नेकपा स्थायी कमिटी सदस्य एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराई । जो त्यही कार्यक्रमका लागि पोखरा आइपुगेका थिए । “यो गीतले राजनीतिको धेरै मोडहरुमा सँगसँगै हिँडेको, एकापसमा दुःख–सुख बाँडेका धेरै पलहरुलाई मानसपटलमा ल्याइदियो  ।

४ बर्ष अगाडि

प्रतिक्रिया