‘प्रधानमन्त्री ओली सेनालाई कमजोर पार्ने खेलमा लागे’

५ बर्ष अगाडि

बुटवल । नेपाली कांग्रेसका प्रमुख सचेतक तथा केन्द्रीय सदस्य बालकृष्ण खाँणले  प्रधानमन्त्री केपी शर्मा ओली नेपाली सेनालाई कमजोर पार्ने खेलमा लागिपरेको आरोप लगाएका छन् । 

पुर्व रक्षा मन्त्री समेत रहेका उनले प्रधानमन्त्रीले आफुले सेना परिचालन गर्ने निर्णय गर्नु राष्ट्रघाती भएको बताए ।

नेपाली कांग्रेस तिलोत्तमा नगर सभालाई आईतबार मंगलापुरमा सम्बोधन गर्दै खाँणले राष्ट्रबादको नारा बोकेर प्रधानमन्त्रीले राष्ट्रघाती निर्णय गरेको बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिन विश्वकर्माले अहिलेको सरकारले भ्रष्टाचारलाई प्रोत्साहन गरेको बताए ।

वाईडवडी प्रकरणमा सरकारले छानविन नगरेर भ्रष्ट्रचारीलाई प्रोत्साहित गरेको बताउँदै  अलिहेको सरकारले सबिधानको समेत उल्लघन गरेको बताए ।

कांग्रेसमा सबै नेता एकले अर्कालाई विग्रार्न खोज्दा कांग्रेस कमजोर बनेको नेता विश्वकर्माले बताउँदै नेपाली कांग्रेस कमजोर हुँदा कम्युनिष्ट बलियो बनेको  उनको भनाई थियो ।  

प्रतिनिधिसभाका सार्वजनिक लेखा समितिका सभापति तथा नेपाली कांग्रेसका नेता भरत कुमार शाहले अहिलेको सरकारले एनसेलको टावर बचाउँ गर्न नसक्नेले विदेशी लगानी भित्राउन नसक्ने बताए ।

 भूमि ब्यवस्था सम्बन्धी ऐन सरकारले ल्याएर उद्योगी र मध्यमवर्गलाई कङ्गाल पार्न खोजेको  बताउँदै देशमा गरिब जनतालाई सम्पन्नता नबनाउँदा सम्म देशमा समृद्ध बन्न नसक्ने बताए ।

५ बर्ष अगाडि

प्रतिक्रिया