ढिलो फैसला लेखनले न्यायमै ढिलाइ, कहाँ कति ?

४ बर्ष अगाडि

काठमाडौं।  सर्वोच्चसहित देशभरका अदालतमा ८ हजार मुद्दाको फैसला लेख्न बाँकी रहेको देखिएको छ । जिल्ला, उच्च र सर्वोच्च अदालतमा पुगी टुंगिएका मुद्दा लेखन अझै टुंगोमा पुग्न सकेको छैन । फास्ट ट्र्याकबाट न्याय दिनु पर्ने माग उठिरहेको अवस्थामा गरिएका फैसला लेख्नै ढिलाई हुदा न्यायको आशामा बसेका पिडितहरुले न्याय पाएको अनुभूति गर्न सकेका छैनन् । फैसला लेखेर सम्वन्धित ठाउमा नपुग्दा सम्म त्यसको कार्यान्वयन हुन सक्दैन् । जिल्ला अदालतमा ४ हजार र उच्च अदालतमा २ हजार ५ सय थान फैसला लेख्न बाँकी छ । सर्वोच्च अदालतमा २ हजार थान मुद्दा थाती छ । मुद्दाको फैसला हुने र समयमा लेखन तयार नहुँदा न्यायमै ढिलाइ भइरहेको हो ।राजधानी दैनिकमा खबर छापिएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया