नेपालको व्यापार घाटा बढेर सात खर्ब ८० अर्ब पुग्यो, किन यस्तो हुन्छ ?

५ बर्ष अगाडि

काठमाडौं – नेपालको व्यापार घाटा वार्षिक रुपमा बढ्दै गएको पाइएको छ । चालु आर्थिक वर्षको सात महिनाको अवधिमा नेपालको वैदेशिक व्यापार घाटा रु सात खर्ब ८० अर्ब माथि पुगेको छ ।

व्यापार तथा निकासी प्र्रवद्र्धन केन्द्रको तथ्यांकअनुसार चालू आर्थिक वर्षको सात महिनामा नेपालको वैदेशिक व्यापार घाटा रु ७ खर्ब ८० अर्ब १९ करोड पुगेको हो । गत आर्थिक वर्षको को  सात महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा नेपालको वैदेशिक व्यापार घाटा २४ दशमलव ३ प्रतिशतले वृद्धि भएको पाइएको छ । 

केन्द्रको तथ्यांकअनुसार चालू आर्थिक वर्षको सात महिनामा विभिन्न देशसँग नेपालको रु ८ खर्ब ८६ अर्ब ३५ करोड वैदेशिक व्यापार भएको छ । जसमध्येमा नेपालले विभिन्न देशबाट रु ८ खर्ब ३३ अर्ब २७ करोड मूल्यको वस्तु आयात गरेको छ भने जम्मा रु ५३ अर्ब ८ करोड मूल्यको वस्तु निर्यात गरेको छ । सोही अवधिमा नेपालको वैदेशिक व्यापार २२ दशमलव ७ प्रतिशतले बढेको छ । केन्द्रको अनुसार गत वर्षको तुलनामा नेपालको निर्यात १२ दशमलव ४ प्रतिशतले बढेको छ भने आयात २३ दशमलव ४ प्रतिशतले बढेको छ ।

गत आवको सात महिनाको सोही अवधिको तुलनामा चालू आर्थिक १२ दशमलव ४ प्रतिशत निर्यात बढे पनि आर्थिक वर्षको सात महिनामा नेपाल गरेको विश्व बजारसँगको कुल व्यापारमा नेपालले ६ प्रतिशत वस्तु मात्र निर्यात गरेको छ । यसैगरी, कुल विश्व बजारसँग व्यापारमा ९४ प्रतिशत वस्तु आयात गरेको छ । विश्व बजारसँग नेपालको व्यापार घाटा दैनिक बढ्दै गएको छ । नेपालले विश्व बजारबाट धेरै वस्तु आयात गर्ने तर कम निर्यात गर्न हुँदा नेपालको विश्व बजारसँग दैनिक व्यापार घाटा बढ्दै गएको हो ।

५ बर्ष अगाडि

प्रतिक्रिया