(Wednesday, 24 April, 2019)
By: आजको अर्थ
चैत २५, २०७५

के मानिसहरु डाइनासोर झैं यो संसारबाट लोप होलान् ?
यतिबेला मानव जाती जलवायु परिवर्तन, परमाणु युद्ध, महामारी वा धर्तीसँग उल्का पिण्ड ठोक्किनेलगायतका घातक खतराको सामना गरिरहेको छ ।

रेडियो प्रशारणकर्ता र दार्शनिक डेविड एडमण्ड्सले यो मामलामा विशेषज्ञसँग कुरा गरेर यो शताब्दीको अन्त्यसम्म मानिसको निशाना कतै मेटिने त होइन भन्नेबारे जानकारी लिने कोसिस गरे ।

सबैभन्दा ठूलो खतरा के हो ?
अक्सफोर्डका फ्युचर अफ ह्यूम्यानिटिज इन्स्टिच्यूटसँग सम्बन्धित अनुसन्धानकर्ता एन्डर्स स्यान्डबर्ग भन्छन्, ‘मानव जातीको अगाडि लोप हुने यस्तो खतरा तेर्सिएको छ जसले पूरा कहानी समाप्त गरिदिनेछ ।’

२० औं शताब्दीसम्म हामी सोच्ने गर्दथ्यौं सक हामी सबैभन्दा सुरक्षित स्थानमा बसिरहेका छौं तर अब स्थिती निकै परिवर्तन भइसकेको छ ।

मानव जाती लोप हुने खतरा चिन्ताजनक रुपमा अत्यधिक र विभिन्न तरिकाले बढिसकेका छन् । यसका केही उदाहरण दिन सकिन्छ ।

उल्कापिण्डबाट ठोक्किने खतराः
सन् १९८० को दशकसम्म हामीलाई यहि लाग्थ्यो कि आकाशबाट खस्ने उल्कापिण्डका कारण धर्तीमा कुनै महाविनास हुँदैन ।

तर यही दशकमा वैज्ञानिक बुवा–छोरा लुई र वाल्टर एवारेजले उल्कापिण्डका कारण सबै डाइनासोर मारिएको भन्ने अवधारणा राखे ।

जब मेक्सिकोको यूकटान खाडीमा एउटा ठूलो खाल्डोबारे पत्ता लाग्यो, त्यसपछि नै वैज्ञानिकको एक अन्तरराष्ट्रिय प्यानलले पनि यो विचारको समर्थन गरेको छ ।

यद्यपि, उल्कापिण्ड ठोकिकएपछि विनासको सम्भावना निकै टाढा छ तर त्योभन्दा पनि धेरै खतरा त हामी आफैंले जन्माइरहेका छौं ।

जनसंख्याको अतिवृद्धि, स्रोतको क्षय र जलवायु परिवर्तनः
जलवायु परिवर्तनबाट निम्तिने खतराबाट हामी परिचित छौं तर लण्डन विश्वविद्यालयका शोधकर्ता कैरिन कुल्हेमन जनसंख्या वृद्धिमाथि आफ्नो ध्यान केन्द्रित गरिरहेका छन् ।

घट्दो प्राकृतिक स्रोत साधनबारे निकै थोरै चर्चा हुन्छ किनभने यसबारे कुरा गर्दा हामीलाई नराम्रो लाग्छ त्यसकारण हामी यसबारे सोच्नै चाहँदैनौं ।

कैरिन भन्छन्, ‘जलवायु परिवर्तन र जनसंख्या वृद्धि एकआपसमा जोडिएका हुन्छन् । यसले मानव जनसंख्यालाई सामूहिक चिहानबाट परिवर्तन गर्न सक्छ ।’

उनका अनुसार जनसंख्या वृद्धिको जलवायु परिवर्तनमा विशेष असर छ किनभने स्रोत साधन समाप्त भइरहेका छन् र त्यसको दोहन बढिरहेको छ । यसले जलवायु परिवर्तनलाई थप भयावह बनाइरहेको छ ।

उनका अनुसार यदि जनसंख्या वृद्धि रोकियो भने पनि जलवायु परिवर्तलाई रोक्न असम्भव छ ।

जैविक विविधताको विनाशः
केही शोधकर्ताका अनुसार यो शताब्दीको मध्यसम्म माछा उद्योगका लागि समुन्द्रमा पर्याप्त माछा नै हुने छैनन् ।

यसको अर्थ यो हो कि पसलमा माछा, चिप्स वा फिश करी पाइने छैनन् ।

किरा–फट्याङ्ग्रा पनि तीब्र रुपमा लोप भइरहेका छन् । साथै, चराचुरुङ्गीका विभिन्न जात पनि लोप भइरहेका छन् किनभने उनीहरुका खाना लोप भइसकेका किरा हुन् ।

कैरिन भन्छिन्, ‘जब जैविक विविधता क्रमशः लोप हुन्छन् तब त्यो सबैभन्दा खराब असर हामीमाथि पर्नेछ ।’

महामारीः
क्याम्ब्रिजको सेन्टर फर एक्सटेन्सियल रिस्कसँग जोडिएकी ललिथा सुन्दरम जैविक खतराको अध्ययन  गरिरहेकी छिन् ।

उनी भन्छिन्, ‘सन् १९१८ मा स्प्यानिश फ्लूको महामारीको क्रममा एक अनुमान अनुसार करिब आधा जनसंख्याको यसको चपेटमा आएको थियो र यसले पाँचदेखि १० करोडको ज्यान लिएको थियो ।’

स्प्यानिश फ्लूको क्रममा मानिसहरु रेल र डुङ्गाबाट यात्रा गर्दथे तर हवाई यात्रा चलिसकेको अहिलेको अवस्थामा महामारी तीब्र रुपमा फैलिने आशंका छ ।

मानव निर्मित विनासको अधिकांश खतराको पछाडि कुनै उद्देश्य हुँदैन ।

तर विज्ञान र प्रविधीको यो समयमा विनाशकारी हमलाको सम्भावना बढिरहेको छ । उदाहरणका लागि सिन्थेटिक बायोलोजीको प्रयोग थरेर ल्याबमा खतरनाक भाइरस बनाउनु ।

फ्युचर अफ लाइफ इन्स्टिच्युटमा अनुसन्धानकर्ता फिल टोरेस भन्छन्, ‘यदि सबैकुरा नष्ट गर्ने विनाशकारीको बटन हुँदो हो त यस्ता व्यक्तिको कही छैन जसले त्यो बटन दबाउन चाहन्छन् ।’

यो बटन दबाउन चाहने धार्मिक कट्टरपन्थी हुन सक्छन् जसले भगवानले आफूहरुलाई संसार नष्ट गर्न आदेश दिएको ठान्न सकछन् जस्तै, सार्वजनिक स्थानमा अन्धाधुन्ध गोलीबारी ।

उनीहरु सार्वजनिक वा नीजि स्तरमा सबैलाई समाप्त गर्ने इच्छा व्यक्त गर्ने मानिसहरु हुन सक्छन् ।

तर उनीहरुको संख्या कति होला ? एक अनुमानका अनुसार यतिबेला संसारमा मानसिक रोगी (साइकोप्याथ) को संख्या ३० करोड हुनसक्छ । यीमध्ये धेरै मानिस खतरा बन्न सक्छन् ।

परमाणु युद्धः
परमाणु युद्धले हामीलाई पूर्ण रुपमा नष्ट गर्न सक्दैन तर यसको असरले भने गर्न सक्छ ।

ग्लाबेल क्याटोस्ट्रोफिक रिस्क इन्स्टिच्युटका सेथ बमका अनुसार परमाणु बिस्फोटपछि धुलोको मुस्लो वायुमण्डलमा निकै माथिसम्म पुग्न सक्छ ।

यो मुस्लो दशकौंसम्म त्यहाँ रहिरहन सक्छ र सूर्यको किरणलाई रोक्न सक्छ ।

परमाणु युद्धका कारण पहिलो असर ठूलो परिमाणमा विनाश, आर्थिक बाधा र अन्त्यमा वैश्विक पर्यावरणमाथि नकारात्मक असर हुनसक्छ ।

आर्टिफिशियल इन्टेलिजेन्सः
आर्टिफिशियल खतरा विभिन्न तरिकाले हुनसक्छ । कम्प्युटरको स्वतन्त्र गणनामा दुर्घटनावश खराबी आउँदा संसारभरीको शेयर बजार धराशयी हुनसक्छ जसले अर्थव्यवस्था नष्ट हुन सक्छ वा मेसिन नियन्त्रण बाहिर हुने कल्पना वास्तविक हुनसक्छ ।

तर एउटा कुराले विशेषज्ञलाई चिन्तित बनाएको छ, त्यो हो ‘डिप फेक भिडियो’ जसमा कुनै चर्चित व्यक्तिको फुटेजलाई भिडियो बनाइरहेका व्यक्तिले चाहेजसरी एडिट गर्न सकिन्छ ।

संदिग्ध एजेन्ट यस्तो गरेर देशबीच लडाईं निम्त्याउन सक्छन् जसले परमाणु युद्धको स्थितीसमेत सृजना हुनसक्छ ।

यो प्रविधी निकै अघिदेखि थियो र यसलाई सक्कली हो वा नक्कली भनेर चिन्न लगातार कठिन हुँदै गइरहेको छ ।

यी खतरालाई कसरी कम गर्न सकिन्छ ?
त्यसो भए, हाम्रो सभ्यता कति संकटमा छ ? कस्तो खतराको कुरा हुँदै छ त्यसैको आधारमा यसको जवाफ भिन्न छ ।

यहाँ याद गर्नुपर्ने कुरा के छ भने भविष्य कुनै शिलालेख होइन ।

यस्ता थुप्रै कुरा छन् जुन हामीले गर्न सक्छौं  र अब कदम उठाउने बेला आएको छ ।

तर कैरिन कुहलमन जनसंख्या वृद्धि सबैभन्दा ठूलो समस्या मान्छिन् ।

उनी भन्छिन्, ‘परिवारको आकारसँग जोडिएका सामाजिक तौर तरिकालाई परिवर्तन गर्ने बेला आएको छ । आफूलाई जति मन लाग्छ त्यति सन्तान जन्माउने र जे मन लाग्यो त्यो खाने हाम्रो बानीलाई परिवर्तन गर्नुपर्छ ।’

यसरी हामी वैश्विक विनाश रोक्नका लागि आफ्नो भूमिका निर्वाह गर्न सक्छौं ।

२१ औं शताब्दी मानव जातीको अन्तिम शताब्दी नहोस् भन्नका लागि हामीले यी खतरालाई थप गम्भीरताका साथ लिन आवश्यक छ ।



तपाईको प्रतिक्रिया

यसमा तपाइको मत