वर्ष २०७४ मा यी कलाकार जसको डिभोर्स भयो

५ बर्ष अगाडि

काठमाडौं–चलचित्र तथा गीत–संगीतका अलवा बर्ष २०७४ कलाकारको बिबाह र डिभोर्सले पनि सम्झन लायक बन्यो । यो वर्ष केही सेलिब्रेटीले वर्षौंदेखिको सम्बन्धलाई पूर्णबिराम दिए । ति कालाकारकाबारे चर्चा गरिएको छ । 

हास्यकलाकार मनोज गजुरेलले पत्नी मिनासँगको सम्बन्ध यसै बर्ष टुङ्ग्याए । आपसी समझदारीमा दुबैले सम्बन्धलाई टुङ्ग्याएका हुन् ।

सम्बन्ध विच्छेद बारे दुवै केही समय दुबै मौन रहेपनि पछि भने एक अर्काेलाई गाली गर्दै मिडियामा प्रस्तुत भए । उनीहरु व्यवहारिक, कानुनी र आर्थिक रुपमा अलग–अलग भएका हुन् । वि सं२०५३ सालमा प्रेम विवाह गरेका यी जोडीको बैचारीक मतभेद आएपछि केही समयदेखि अलग–अलग बस्न थालेका थिए । यही पुस ११ गते अदालतबाटै कानुनी रुपमा उनीहरुले सम्बन्ध सकाएका हुन् । 

गायिका मिलन अमात्यले श्रीमान मेन्सन अमात्यसँग यसै बर्ष डिर्भोस गरिन् । दुवै जनाबीच पारिवारिक खट्पट उत्पन्न भएपछि उनीहरुले काठमाडौं जिल्ला अदालतमा पुगेर सम्बन्धमा पूर्ण बिराम लगाए । मिलन श्रीमानबाट सांगीतिक यात्रामा सहयोग भएन भन्दै असन्तुष्ट थिइन्, भने मेन्सनले भने उनी अर्काेसँग प्रेममा रहेको बताएका थिए । व्यापारी मेन्सन र मिलनको ६ वर्षअघि विवाह भएको थियो । उनीहरुका बालबच्चा भने छैनन् ।

रीमाले पति रोवर्ट विश्वकर्मासँगको सम्बन्ध यसै बर्ष तोडेकी छन् ।  पति रोर्बटसँग करिब १ बर्ष अघिदेखि सुरु भएको आन्तरिक मनमुटाबका कारण दुबैले सम्बन्धमा पूर्णबिराम लगाएका हुन् । उनले १५ सेप्टेम्बर२०१५ मा आफ्नो रोजाईमा बेलायतमा बस्दै आएका रोबर्ट बिश्वकर्मासँग बिबाह गरेकी थिइन् । रीमा र रोर्बटले बिबाहको हनिमुन खर्च कालकारहरुको संस्थालाई आर्थिक सहयोग गर्दै बैबाहीक सुरुवात गरेका थिए ।

अभिनेत्री तेजुला खतिवडाले पति सुमनराज बस्नेतसँग यसैबर्ष सम्बन्ध विछेद गरेकी छिन् । उनीहरुले ०७३ फागुन ७ मा विवाह गरेका थिए । तेजुला र सुमनराजले जिल्ला अदालत काठमाडौंबाट आधिकारीक रुपमा सम्बन्ध विछेद गरेका थिए । जिल्ला अदालत काठमाडौंका जिल्ला न्यायाधीस अमृतबहादुर बस्नेतले उनीहरुको सम्बन्ध विच्छेदको निर्णय सुनाएका थिए । चलचित्र र मोडलिङमा सक्रिय तेजुलाले जापान बस्दै आएका पेशाले कानुन व्यवसायी सुमनराजसँग लगनगाँठो कसेकी थिइन् । उनीहरुको एकवर्ष नबिदै सम्बन्ध विछेद भयो ।

५ बर्ष अगाडि

प्रतिक्रिया