नेपाल बैंक र कुमारी बैंकले बोलाए साधारणसभा

५ बर्ष अगाडि

काठमाडौं – नेपाल बैंक लिमिटेड र कुमारी बैंकले धेरै पछि साधारणसभा गर्ने भएका छन् ।

नेपाल बैंकले वैशाख २२ गते ५९औं वार्षिक साधारणसभा बोलाएको छ ।

नेपाल बैंकले साधारणसभाबाट दुई जना सर्वसाधारण समुहका सञ्चालक चयन गर्ने तयारी गरेको छ । साधारणसभा प्रयोजनका लागि बैंकले आगामी वैशाख ९ गते एक दिन बुकक्लोज गर्ने तयारी गरेको छ ।

यस्तै कुमारी बैंकको पनि आगामी  वैशाख २६ गते बार्षिक साधारणसभा बोलाएको छ ।

बैंकको सञ्चालक समितिले अघिल्लो आर्थिक बर्षको नाफाबाट १२.७५ प्रतिशत बोनस शेयर र गत आर्थिक वर्ष २०७४÷७४ को नाफाबाट ८.५ प्रतिशत सहित जम्मा २१.१५ प्रतिशत बोनस शेयरको प्रस्ताव गरेको  ।

बैंकले दुई आर्थिक बर्षको नाफाबाट रु एक अर्ब ५२ करोड बोनस शेयर प्रदान गरेसँगै नेपाल राष्ट्र बैंकले निर्देशन गरेको रु ८ अर्ब पूँजी जुटाउने तयारी गरेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया