टम्पशेर राईको ‘तिमीलाई एउटा कुरा’ सार्वजनिक (भिडियोसहित)

५ बर्ष अगाडि

काठमाडौं गायक तथा संगीतकार टम्पशेर राई र गायिका मेलिना राईको आवाजमा रहेको ‘तिमीलाई एउटा कुरा भन्छु’ गीतको भिडियो सार्वजनिक भएको छ ।

संगीतकार टम्पशेर राईको आफ्नै शब्द संगीतमा रहेको यस गीतमा नेपालकै चर्तित कलाकार एलिशा राई र विकास मगरको अभिनय रहेको छ । अमोस तामाङ्को एरेन्जमा रहेको यस गीतलाई निकेश खड्काले निर्देशन गरेका छन् ।

लामो समयसम्म रेडियोमा काम गर्दै आएका संगीतकार टम्पशेर राई पछिल्लो समयमा स्टेज कार्यक्रम सञ्चालकको रुपमा निकैनै लोकप्रियता कमाएका छन् । राईले दर्जन भन्दा बढी गीतहरु लेखिसकेका छन् भने त्यतिकै गीतमा संगीत र स्वर भरेका छन् ।

भिडियो:

५ बर्ष अगाडि

प्रतिक्रिया