चिकित्सकमाथि गरिएको धरपकड प्रति चिकित्सक संघ भत्र्सना, चिकित्सकको भेला बोलाइयो

४ बर्ष अगाडि

नेपाल चिकित्सक संघले भोलि उपत्यकाको सम्पूर्ण चिकित्सकको भेला गर्ने भएको छ । आज वीर अस्पतालमा चिकित्सकमाथि भएको प्रहरी हस्तक्षेपको भत्र्सना गर्दै भोलि २ बजे उपत्यकाको सम्पूर्ण चिकित्सकको बृहत भेला आयोजना गर्न लागेको संघले जनाएको छ । 

  विज्ञप्तीमा भनिभएको छ ‘संवेदनशिल र जटिल चिकित्सकीय पेशालाई समय सापेक्ष अध्ययन गरिराख्नु पर्ने, बृद्धि विकासका विभिन्न गतिविधिहरुमा निरन्तर समावेश हुनु पर्ने परिस्थितिलाई ध्यानमा राख्दै नेपाल सरकारलाई समायोजन प्रक्रिया अगाडी बढाउँन पटक÷पटक आग्रह गर्दै आईरहेका छौँ ।’ 

‘वीर अस्पतालमा कार्यरत सरकारी विरोध कार्यक्रममा प्रहरीद्वारा चिकित्सकमाथि  धरपकड र हातपात भएको भन्दै संघ घोर भत्र्सना र निन्दा गर्दछौँ ।’ 

वार्ता र संवादबाट समस्या समाधान गर्नु पर्ने अवस्थामा प्रहरी लगाएर जरजस्त सेवा सुचारु गर्न खोज्नु भनेको चिकित्सकलाई चिढाउने र सरकारी सेवाप्रति वितृष्णा पैदा गर्ने कार्य गरेको संघको विज्ञप्तीमा उल्लेख गरिएको छ । 

चिकित्सकहरुको समायोजनका सम्बन्धमा विस्तृत छलफल गरी विशेष रणनीति तर्जुमा बनाउँनको लागि काठमाडौं उपत्यकाभित्रका सरकारी अस्पताल, गैरसरकारी अस्पताल, निजी स्वास्थ्य संस्था, मेडिकल कलेज, विभिन्न विशेषज्ञ सम्पूर्ण स्वास्थ्य प्रतिनिधिहरुलाई भोलि संघको कार्यक्रममा सहभागी हुन आग्रह गरिएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया