अब १० कित्ता शेयर दिनै पर्ने, सेबोनले ल्यायो नयाँ नियम

५ बर्ष अगाडि

काठमाडौं – नेपाल धितोपत्र बोर्डले सार्वजनिक धितोपत्र निष्कासनमा न्युनतम् १० कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ ।

सार्वजनिक शेयर निष्कासनमा कम्तिमा ५० कित्ता सेयर आवेदन दिनै पर्ने हालको व्ववस्थालाई हटाउँदै बोर्डले न्युनतम् १० कित्ताका लागि पनि आवेदन दिन पाउने व्यवस्था गरेको हो ।

विद्यार्थी तथा थोरै पुँजी भएका वर्गलाई पनि पुँजी बजारको पहुँचमा ल्याउने र यसलाई समावेशी बनाउन विद्यमान व्यवस्था परिवर्तन गरिएको नेपाल धितोपत्र बार्डले जनाएको छ । धितोपत्र बोर्डको नयाँ व्यवस्थाले थोरै पुँजी भएकाहरुलाई पनि पुँजी बजारमा लगानीका लागि सहज हुने बोर्डको विश्वास छ ।

नयाँ व्यवस्था तत्काल कार्यान्वयनमा ल्याउन सम्बन्धित सबै निष्कासन तथा विक्री प्रबन्धक मर्चेन्ट बैंकरलाई परिपत्रसमेत गरिसकिएको बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए ।

५ बर्ष अगाडि

प्रतिक्रिया