नेपाल एग्रो लघुवित्तले १ करोड ६१ लाख ७७ हजार बराबरको आइपीओ निष्कासन गर्दे

५ बर्ष अगाडि

काठमाडौँ – नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडले बैशाख ८ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । 

सर्वसाधारणको लागि छुट्याएको १ करोड ६१ लाख ७७ हजार ८०० रुपैयाँ बराबरको १ लाख ६१ हजार ७७८ कित्ता आईपीओ लघुवित्त कम्पनीले निष्कासन गर्न लागेको हो । 

न्युनतम १० देखि अधिकतम ८ सय कित्तासम्म आवेदन दिन पाइने विक्री प्रबन्धकले जनाएको छ । निष्कासन मध्ये २ हजार ४८९ कित्ता संस्थाका कर्मचारी र ८ हजार ८९ कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको छ ।

संस्थाको हालको चुक्ता पूँजी ३ करोड ३६ लाख रुपैयाँ रहेको छ । प्राथमिक शेयर निष्काशनसँगै संस्थाको चुक्ता पूँजी ४ करोड ९७ लाख रुपैयाँ पुग्नेछ।

लघुवित्त कम्पनीले निष्कासन तथा बिक्री प्रवन्धकको रुपमा नेपाल एसबीआई मर्चेन्ट बैंङ्किङ्ग लिमिटेडलाई नियुक्ति गरेको छ ।

आईपीओ निष्कासन बन्द छिटोमा बैंशाख ११ गते र ढिलोमा जेठ ६ गते हुनेछ ।

५ बर्ष अगाडि

प्रतिक्रिया