पक्राउ परे वेबसाइट विकिलिक्सका संस्थापक जुलियन असान्ज

५ बर्ष अगाडि

लन्डन – वेबसाइट विकिलिक्सका संस्थापक जुलियन असान्ज पक्राउ परेका छन् ।  उनले शरण लिइरहेको लन्डनस्थित एक्वेडोरको दूतावासबाट गिरफ्तार गरिएको बताइएको छ ।

अमेरिका र अन्य देशका गोप्य दस्ताबेजहरू इन्टरनेटमा सार्वजनिक गरेर उनी चर्चित भएका थिए ।  ४७  वर्षीय असान्जले सात वर्षअघि उक्त राजदूतावासमा शरण लिएका थिए ।

यौन दुर्व्यवहारसम्बन्धी एक मुद्दामा स्वीडेन सुपुर्दगी गरिनबाट जोगिन उनी सन् २०१२ देखि एक्वेडोरको दूतावासमा बसिरहेका थिए ।

लन्डनको मेट्रोपोलिटन प्रहरीले जनाएअनुसार जुलिअन असान्जलाई हिरासतमा लिइएको छ र उनलाई वेस्टमिन्स्टर मजिस्ट्रेट्स अदालतमा चाँडोभन्दा चाँडो प्रस्तुत गरिनेछ ।

उनलाई अदालतसमक्ष उपस्थित हुन अस्वीकार गरेपछि त्यसरी पक्रन परेको प्रहरीले बताएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया