राजस्व कार्यालय र राजस्व संकलनको अनुमति पाएका बैंकको शाखा शनिबारपनि खुल्ने

५ बर्ष अगाडि


काठमाडौँ – करदाताहरुलाई विवरण तथा राजस्व दाखिला गर्ने सुबिधाका लागि चैत ३० गते शनिबार पनि राजस्व विभाग अन्तरगतका कार्यालय र राजस्व संकलनको अनुमति पाएका बैंकका शाखा खुल्ने भएका छन् ।

विभागले सूचना प्रकाशित गरी शनिवार पनि कार्यालय खुला रहने जनाएको हो । त्यसैगरी, आज शुक्रबार समेत राजश्व विभाग अन्तरगतका कार्यालय, राजश्व संकलनको अनुमति पाएका बैंकका शाखा तथा काउण्टरहरु र अन्य बैंकहरु समेत ५ बजेसम्म खुला रहने जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया