राहुल गान्धीलाई मार्ने षड्यन्त्रको पर्दाफास

५ बर्ष अगाडि

काठमाडौं – कांग्रेस अध्यक्ष राहुल गान्धीको सुरक्षामा ठूलो चुक भएको भन्दै कांग्रेसले गृहमन्त्री राजनाथसँग गुनासो गरेको छ ।

कांग्रेसका बरिष्ठ नेता अहमद पटेल, प्रवक्ता रणदीप सुरजेवाला एवम् पूर्वमन्त्री जयराम रमेशले पत्र लेखी भारतीय गृहमन्त्रीलाई घटनाबारे जानकारी गराएका छन् ।

पत्र अनुसार राहुल अमेठीमा हुँदा उनीमाथि लेजर लाइट प्रहार भएको थियो । लेजर लाइट स्नाइपर गनबाट फ्याकिएको हुन सक्ने कांग्रेसले आशंका व्यक्त गरेको छ ।

साक्ष्यका रूपमा पत्रसँगै राहुल गान्धीको त्यो भिडियो पनि संलग्न गरिएको छ, जुनमा उनको अनुहारमा कैयन पटक लेजर लाइट टल्किएको देखिन्छ । नेपाल समाचारपत्रमा खबर छ । 

राहुल गान्धीले बुधबार आफ्नो संसदीय क्षेत्रमा दुई घन्ट लामो रोड सो गरेका थिए । यसपछि उनले लोकसभाका लागि नामांकनपत्र दर्ता गराएका थिए । रोड सो राहुलकी बहिनी प्रियंका वाड्रा, ज्वाइँ रावर्ट वाड्रा र भान्जाभान्जी पनि सम्मिलित भएका थिए ।

राहुल गान्धीकी आमा तथा युपिए गठबन्धनकी चेयरपर्सन सोनिया गान्धी भने रोड सोमा सम्मिलित थिएनन् । उनी सोझै राहुलको नामांकन दर्ताका लागि निर्वाचन कार्यालय पुगेकी थिइन् । सम्पूर्ण गान्धी तथा वाड्रा परिवारलाई भारतमा एसपिजी सुरक्षा प्राप्त छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया