एनआइसी एशिया बैंकले ल्यायो नयाँ खाता योजना

५ बर्ष अगाडि

काठमाण्डौ – एनआईसी एशिया बैंक लिमिटेडले नेपाल सरकार र राष्ट्र बैंकको “समृद्धसँग जोडौ नाता, सबै नेपालीको बैंक खाता” भन्ने नारासहित नयाँ खाता सुरु गरेको छ ।

 “खोलौ बैंक खाता अभियान २०७६”लाई सहयोग गर्ने उद्देश्यले समृद्ध नेपाल, सुखी नेपाली बचत खाता संचालनमा ल्याएको छ । बैंकले एक  विज्ञप्ति जारी गर्दै बैशाख १ गतेदेखि लागू हुने गरी यस्तो बैंक खातामा संचालनमा ल्याइएको जानकारी दिएको छ ।

नेपाल राष्ट्रबैंकले खोलौं बैंक खाता अभियानमा सरिक हुन सबै बैंक तथा वित्तीय संस्थालाई हिजोमात्र सर्कुलर जारी गरेको थियो । केन्द्रीय बैंकको सर्कुलरलाई कार्यान्वयन गर्ने पहिलो बैंक पनि एनआइसी एशिया नै भएको छ ।

बुधबार नेपाल बैंकर्स संघको बैठकले सरकारको यो अभियानलाई साथ दिने सबै बैंकबीच सहमति भएको छ । उनीहरु सबैले बैशाख १ गतेदेखि यो स्किम अन्तर्गत खोलिने खातामा रु. १०० बैंकको तर्फबाट हालिदिने निर्णय गरेका थिए । निर्णय सबै बैंकले गरे पनि घोषित रुपमै अभियानलाई साथ दिने पहिलो बैंक एनआइसी एशिया भएको हो ।

एनआइसी एशियाले बैशाख १ गतेदेखि लागू हुने गरी सार्वजनिक सो बचत खाता खोल्ने प्राकृतिक व्यक्तिलाई बैंकले रु. १०० खातामा जम्मा गरिदिने घोषणा समेत गरेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया