सलमान खानलाई नेपाल आउने बाटो खुल्यो, भारतीय अदालतले दियो यस्तो आदेश

६ बर्ष अगाडि


काठमाडौं–बलिउडका अभिनेता सलमान खानलाई जोधपुर अदालतले विदेश भ्रमणको अनुमति दिएको छ । यस अघि उनलाई कृष्णसार शिकार मुद्धामा जमानत प्रदान गरिएको थियो ।
केही अघि अभिनेता खानले जोधपुर जिल्ला र सेसन अदालतमा विदेश भ्रमण गर्न अनुमती दिन अनुमति माग्दै निवेदन हालेका थिए ।
सलमान खान मे २५ देखि जुलाई १० बीचमा क्यानडा, नेपाल र अमेरिका भ्रमण गर्ने तालिका रहेको छ ।
सलमान खानलाई सन् १९९८ मा ‘हम साथ साथ है’ फिल्म सुटिङ्गका लागि जोधपुर जादाँ दुई कृष्णसार मारेको आरोपमा पाँच वर्षको जेलसजाय तोकिएको थियो ।
फैसला पछि खानले दुई दिन जोधपुर जेलमा बिताए । पछि जोधपुर अदालतले प्रत्यकबाट २५,००० भारु रकमको दुई जमानत लिएर उनलाई जेल मुक्त गरिदिएको थियो ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया