को बन्ला जुनियर स्कूल प्रिन्सेस ?

४ बर्ष अगाडि

काठमाडौँ – काठमाडौंको अपि स्कूलमा कक्षा ४ अध्ययनरत जेसिका ढकालले अहिले बिदाको समयलाई  निकै रमाइलो तरिकाले उपयोग गरिरहेकी छिन् ।

बार्षिक बिदाकाृे समयलाई उनले नयाँ कुरा सिक्ने र केही फरक अनुभव गर्ने दैनिकी बनाएकी छिन् । अहिले उनी जुनियर स्कुल प्रिन्सेसको उपाधि जित्नको लागि निकै नै मिहिनेत पनि गरिरहेकी छिन् । जेसिका जस्तै विभिन्न विद्यालयका साना तथा ठूला छात्राहरु अहिले  अत्यन्तै उपलव्धीमूलक प्रशिक्षणमा व्यस्त छन् ।

बार्षिक परिक्षा दिएका छात्राहरुको उपयूक्त समयलाई लक्षित गर्दे सिजन मिडियाले हरेक वर्ष जुनियर लिटिल स्कूल प्रिन्सेस प्रतियोगिताको आयोजना गर्ने गर्छ । आठौं अक्षरा जुनियर स्कूल प्रिन्सेस २०१९ का सहभागि सबै छात्राहरु बिदाको यो समयलाई काटमाडौंका नयाँ नयाँ ठाउँ घुमेर रमाइलो अनुभव  गर्देछन् । 

आयोजक संस्था सिजन मिडियाकाअनुसार प्रतियोगिताका लागि यस पटक सात वर्षदेखि १४ वर्षका २७ जना छात्राहरुको सहभागिता रहेको छ । जुनियर स्कूल प्रिन्सेसमा सहभागीहरुलाई अन्तिम प्रतियोगिताको लागि विभिन्न ठाउँहरुको भ्रमण गराउने, सिकाउने र विभिन्न विषयमा प्रशिक्षण दिने गरिन्छ । 

प्रशिक्षणमा उनीहरुलार्ई कसरी हिडने,बोल्ने,खाने र दैनिक जीवनमा घर परिवार भित्र कसरी असल व्यवहार गर्ने र असल मान्छे बन्ने भन्ने कुरा सिकाइन्छ । यो बाहेक प्रतियोगितामा कसरी बोल्ने, स्टेजमा कसरी प्रस्तुत हुने र आफूले कसरी नेतृत्व लिने, आफ्नो आत्मविश्वास कसरी बढाउने भन्ने कुरा महत्वपूर्ण सिकाई भएकाले उनलाई प्रशिक्षणमा यस्तै व्यवहारिक शिक्षा दिइएको छ ।  

प्रशिक्षणको क्रममा बालिकाहरुलाई काठमाडौंको चन्द्रागिरी केवुलकार, गोदावरी पार्क, छाउनी संग्रहालय, काठमाडौं फनभ्याली, दरवार संग्राहालय, गोदावरी पार्क, चिडियाखाना पशुपति मन्दिर, वौद्ध स्तुपा स्वयम्भु र विभिन्न म्यूजियम घुमाइनेछ । साथै उनीहरुको रुचि अनुसार नृत्य, गायनलगायतका अतिरिक्त क्रियाकलापमा पनि सहभागि गराइनेछ ।  

प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा भने बैशाख ८ गते हुनेछ ।  सहभागि बालिकाहरुको उमेर समूहअनुसार उपाधि दिइने हुनाले प्रतियोगिताका सहभागिहरुले आ आफनो उमेर समूह अनुसार नै प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया