विश्वकप छनौटमा नेपालको सुखद सुरुवात, सिंगापुरलाई २ सय १७ रनले हरायो

५ बर्ष अगाडि

काठमाडौं – एसियन १९ वर्ष मुनीको विश्वकप छनोटमा नेपालले सिंगापुरलाई फराकिलो अन्तरले पराजित  गरेको छ ।

सिंगापुरमाथि नेपाल २ सय १७ रनले विजयी हासिल गरेको हो । एसियन –१९ विश्वकपको छनोटका लागि नेपालले सुखद सुरुवात गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धा्रित ५० ओभरको खेलमा ४६ ओभरमा सम्पूर्ण विकेट गुमाएर २८२ रन बनाएको थियो ।

 नेपालका लागि कप्तान रोहित पौडेलले ९५ रन बनाएका थिए । पाँच रनले सतकबाट चुकेका पौडेलले १ सय ५ बलमा १ छक्का र ७ चौका प्रहार गरेका थिए।

त्यसैगरि पवन शर्राफले ४७ रन बनाएका थिए भने रसिद खानले ४८ रनको योगदान गरेका थिए । कमल सिंह ऐरीले ३२ र भीम सार्कीले २६ रन बनाएका थिए । सिंगापुरका अथर्व गुनेले ४ विकेट लिएका थिए।

जवाफमा ब्याटीङ उत्रिएको सिंगापुर ६५ रनमा समेटिएको थियो । ३१ ओभर खेलेको सिंगापुरलाई सस्तेमा आउट गर्ने क्रममा नेपालका पवन शर्राफले ३ विकेट लिएका थिए । त्यसैगरि कुशल मल्ल र सुर्य तामाङले २–२ विकेट हात पारेका थिए। सिंगापुरको लागि अथर्भ गुनेले ४ विकेट लिए। यस्तै राउल शर्मा र भिनित मेहताले समान २–२ विकेट लिए।

५ बर्ष अगाडि

प्रतिक्रिया