अम्बा खादा स्वास्थ्यका लागि यतिधेरै फाइदा हुन्छ

५ बर्ष अगाडि

काठमाडौँ – अम्बा नाम नसुनेका मानिस सायद कोहि छैनन् भन्दा पनि हुन्छ । तर यसको सेवनबाट स्वास्थ्यलाई के कस्ता फाइदा हुन्छन् भन्ने कुरमा भने धेरैलाई थाहा नहुन सक्छ । अम्बामा भिटामिन ए,बी र सी पाइन्छ । अम्बा ग्यास्टिकका बिरामीका लागि पनि निकै लाभदायी मानिन्छ । यससगै अम्बा सेवनले शरीरमा रोग प्रतिरोधात्मक शक्ति बढाउनका मद्दत गर्छ ।

यस्ता छन् अम्बा खानुका फाइदा:

१.अम्बामा भिटामिन ए,बी तथा सी पाइन्छ । अपच, ग्यास्टिक आदिका लागि अम्बा निकै लाभदायी मानिन्छ । यी रोगबाट पीडित व्यक्तिले प्रतिदिन २५० ग्राम अम्बाको सेवन गर्नु आवश्यक पर्दछ ।

२. अम्बा केवल स्वादका लागि मात्रै प्रयोग नभई यसको सेवनले शरीरमा रोग प्रतिरोधात्मक शक्ति बढाउनका मद्दत गर्छ ।

३.  यसले पाचन प्रणलीलाई चुस्त राख्नुका साथै मानिसलाई स्वस्थ रहन मद्धत गर्छ ।

४. दैनिक २ वटा मध्यम आकारका अम्बाले नै भिटामिन सि को कमीलाई हटाउँछ ।

५. फोलिक एसिड, विटामिन बी९९ले भरिएको अम्बा गर्भवती महिलाहरुका लागि लाभदायक हुन्छ । यसको सेवनले पेटको बच्चाको न्यूरोलोजिकल डिसअर्डर नियन्त्रणमा आउँछ ।

६. गाजर जस्तै अम्बा पनि भिटामिन ए का लागी उत्तम मानिन्छ । पोषक तत्वले भरिएको अम्बाको सेवनले आँखा सम्बन्धी समस्या निर्मुल पार्न मद्धत गर्छ । भिटामिन ए को कमी भएर हुने रतन्धोबाट पनि अम्बाको सेवनले बचाउँछ ।

७. चाइनीज मेडिसीनमा अम्बालाई डायबिटीज कम गर्ने मानक नै मानिन्छ । एक अध्ययनका अनुसार अम्बाको जुस पिउनाले चिनी रोगको स्तर नै कम हुन पुग्छ । अम्बामा फाइबरको मात्रा धेरै हुने हुनाले सुगरका बिरामीलाई यो एक औषधि नै साबित हुने हालैको एक अध्ययनले प्रमाणित गरेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया