पूर्व गोलकिपर बास्तोलाको निधन

५ बर्ष अगाडि

काठमाडौँ  – राष्ट्रिय फुटबल टोलीका पूर्व गोलकिपर शम्भु बास्तोलाको निधन भएको छ ।

विराटनगरस्थित नोबल अस्पतालमा उपचारका क्रममा बास्तोलाको बिहीबार राती निधन भएको  हो । केही समयअघि सडक दुर्घटनामा परी बास्तोला गम्भीर घाइते भएका थिए ।

मेरुदण्डको हड्डी भाच्चिएपछि  उनलाई उपचारका लागि नोबल अस्पतालमा राखिएको थियो । तर मुटुको धड्कन सामान्य नभएपछि शल्यक्रिया गर्न  सकिएको थिएन । शल्यक्रिया गर्न नसकिएपछि बास्तोलाको निधन भएको चिकित्सकले बताएका छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया