के दूध पिउनाले हड्डी साँच्चिकै बलियो हुन्छ ?

५ बर्ष अगाडि

काठमाडौँ – हामीमध्ये धेरैको बाल्यकालमा हड्डी बलियो बनाउन दूध पिउनुपर्छ भनेर सुनाइन्थ्यो ।

यसो सुन्दा साँचै हो जस्तो पनि लाग्छ किनकी दूधमा क्याल्सियम पाइन्छ जसले हड्डीमा पाइने मिनरलका लागि फाइदाजनक भूमिका खेल्छ ।
तर, दूध पिउनाले हड्डी मजबुत हुन्छ भन्ने कुरा सुन्दा जति सरल छ, व्यवहारमा उति नै जटिल छ ।

दूध र हाडबीचको सम्बन्ध बुझ्न सन् १९९७ मा हार्वर्ड विश्वविद्यालयले ७७ हजार महिला नर्समाथि एक अनुसन्धान गरेका थिए । उनीहरुको खानपानको १० वर्षसम्म अध्ययन गरिएको थियो । शोधकर्ताहरुले हप्तामा एकपटक दूध पिउने र त्यसभन्दा पनि कम दूध पिउने र, सँगसँगै हप्तामा ३ पटक वा त्यसभन्दा बढी दूध पिउने नर्सहरुको हाड भाँचिने सम्भावनामा कुनै अन्तर थिएन ।

उक्त टिमले यस्तै अर्को अध्ययन तीन लाख ३० हजार पुरुषमाथि पनि गरेका थिए । उक्त अध्ययनमा पनि हाड भाँचिने कुरा दूध पिउने कुरासँग सम्बन्धित देखिएन । सन् २०१५ मा न्यूजिल्याण्डको एक समूहले दूधको प्रभावबारे धारणा बनाउन एउटा अभ्यास गरे । उनीहरुले केही मानिसको खानेकुरामा क्याल्सयम तत्व रहेको कुरा राखिदिए । उनीहरुले यससँग सम्बन्धित पुराना १५ अध्ययनहरुको पनि समीक्षा गरे । उनीहरुले दुई वर्षसम्म क्याल्सियम त क्याल्सियमबाट हाडको घनत्वमा प्रभाव परेको पाए तर, दुई वर्षपछि दूधको हड्डीमाथि कुनै प्रभाव नपरेको पाए । (बीबीसी हिन्दीबाट)

५ बर्ष अगाडि

प्रतिक्रिया