रियल मड्रिडबाट ग्यारेथ बेललाई १३० मिलियन युरोमा बेच्ने तयारी

५ बर्ष अगाडि

काठमाडौँ – रियल मड्रिडका स्टार खेलाडी ग्यारेथ बेललाई बेच्ने तयारी गरेको छ । रियल मड्रिड नयाँ स्टार खेलाडी अनुबन्ध गर्न बेललाई बेच्न खोजेको बताइएको छ ।

स्टार खेलाडीहरु अनुबन्ध गर्न रियलले खेलाडीहरुको सुची तयार पारेको छ । इडिन हजार्ड, इरिकसन, पोउल पोग्वाजस्ता खेलाडीहरु अनुबन्ध गर्न चाहेको छ ।

ती खेलाडीहरु किन्न पनि ठुलो रकम चाहिएको मिडिया रिपोर्टमा उल्लेख छ । रियलले १३० मिलियन युरोमा ग्यारेथ बेल वा खेलाडी साटफेर गर्न सक्ने बताएको मिडिया रिपोर्टमा उल्लेख छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया