मन दुख्नाले पनि मृत्यु हुन्छ ?

५ बर्ष अगाडि

काठमाडौँ –  जन्म लिएपछि मानिस मात्र हैन सबै प्राणीले मर्नु नै पर्छ, यस्तो भन्दा सबैलाई विश्वास लाग्छ । फेरी मन दुख्नुको कारणले पनि मानिसको मृत्यु हुन्छ, भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । चिकित्सकहरुका अनुसार व्रोकन हार्ट (टुटेको मुटु) का कारण पनि मानिसको मृत्यु हुन सक्छ ।

वैज्ञानिकहरूका अनुसार दुखद घटनाका कारण मानिसको मस्तिष्क र मुटुमा नराम्रो प्रभाव पर्न सक्छ। उनीहरुले शोक, डर र रिसको अध्ययन गरेका छन् ।

स्विट्जरल्यान्डका अनुसन्धानकर्ताहरूले ठूलो मानसिक पीडाले कसरी मस्तिष्कलाई प्रभावित गर्छ र मुटुमा क्षति पुर्‍याउँछ भन्ने पत्ता लगाएका छन्। शोधकर्ताहरुले भावानात्मक दुखले मतिष्कलाई चार भागमा उचित तालमेल गर्न नदिने बताएका छन् । जसबाट मुटुमा दुर्लभ रोग विकसित हुन सक्छ ।

टकाट्सुबो सेन्ड्रोमले मुटुको केही भागको रुपलाई नै फेरिदिन्छ र मुटुको आकारअक्टोपस समात्न प्रयोग हुने जापानी भाडो टकाट्सुबो जस्तै बन्छ । जसबाट हृदयघात पनि हुन सक्छ । युनिभर्सिटी हस्पिटल ज्युरिकका चिकित्सकहरु भन्छन् स् अबको काम यो तथ्यको पुष्टि गर्नु र रोग रोकथामका लागि उपचारविधि पत्ता लगाउनु हो ।-बिबिसी

५ बर्ष अगाडि

प्रतिक्रिया