हिमालय ऊर्जाको आईपिओ वैशाख ३ गते बाँडफाड हुने, कति पर्ला लगानीकर्तालाई

४ बर्ष अगाडि

काठमाडौ – हिमालय ऊर्जा विकास कम्पनी को साधारण शेयरको यही वैशाख ३ गते बाँडफाँड हुने भएको छ । 

कम्पनीले चैत २० देखि २५ गतेसम्म १३ लाख ६६ हजार २०० कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा ल्याएको थियो। जसमा ५१ करोड ५९ लाख ८२ हजार रुपैयाँ बराबरको ५१ लाख ५९ हजार ८२० कित्ता शेयरको आवेदन परेको छ । यो मागको तुलनामा ३.७८ गुणा बढी हो । 

अहिले बजारमा आएका जलविद्युत कम्पनीको शेयरमध्ये प्रतिमेगावाट लागत कम भएका कारण हिमालय ऊर्जाको आईपिओमा लगानीकर्ताहरुको उत्साहजनक सहभागीता भएको बताइएको छ ।  

कम्पनीको आईपिओ धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम बाँडफाँड हुनेछ । आईपिओमा ७२ हजार ३७६ वटा आवेदन परेको छ ।

यसअनुसार प्रत्येक आवेदकलाई १० कित्ताका दरले समानुपातिक रुपमा बाँडफाँड गर्दा लगानीकर्ताले अधिकांश आवेदकले २० कित्ता शेयर प्राप्त गर्ने देखिन्छ । कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्टाइएको सबै शेयर खरिद नगरेको खण्डमा भने केही आवेदकले गोलाप्रथाबाट अधिकतम ३० कित्ता शेयर प्राप्त गर्नसक्ने देखिन्छ।

कम्पनीले कूल १४ लाख ८५ हजार कित्ता साधारण शेयर निष्काशन गरेको मध्ये कर्मचारीहरुलाई ३ प्रतिशत अर्थात ४४ हजार ५५० कित्ता र सामूहिक लगानी कोषलाई ५ प्रतिशत अर्थात ७४ हजार २५० कित्ता छुट्टाइएको छ । बाँकी १३ लाख ६६ हजार २०० कित्ता शेयर सर्वसाधारणलाई बाँडफाँड हुनेछ ।

कम्पनीले रामेछाप र दोलखा जिल्लाको सीमा भएर बहने खिम्ति खोलामा कम्पनीले १२ मेगावाटको उपल्लो खिम्ति र ७ मेगावाटको अपर खिम्ति– आई आई गरी कुल १९ मेगावाटका आयोजनाहरु निर्माण गरिरहेको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया