पृथ्वीको अस्तित्व सकिएपछि कुन ग्रहमा छ मानिसको जीवन ?

५ बर्ष अगाडि

एजेन्सी– बेलाबेलामा पृथ्वीका मानिसको जीवन धेरै लामो नभएको समाचारहरु सुन्नमा आइरहन्छन् । विभिन्न कारण देखाउँदै वैज्ञानिकहरले पटकपटक पृथ्वीको अस्तित्व नै खतरामा रहेको प्रतिवेदनहरु सार्वजनिक गरेका छन् ।

अन्तरिक्षको चट्टान पृथ्वीमा ठोकिने, जलवायु प्रदुषण, जंगल बिनास आदीका कारण जीज लोप हुने, ग्रहहरु आएर पृथ्वीमा ठोक्किने जस्ता विषयमा मानिसको चासो रहन्छ । पृथ्वीमा जीवन अनुकुल वायुमण्डल, पानी भएका कारण यहाँ जीवन सम्भव छ । पृथ्वीको अस्तित्व समाप्त हुने कुरा आइरहेका बेला वैज्ञानिकहरुले पृथ्वीभन्दा ब्रह्माण्डको अर्को स्थानमा पनि वायुमण्डल हुन सक्ने अनुमान गरेका छन् । यदी त्यसो भएमा त्यहाँ पनि जीवन हुन सक्छ ।

१९ औँ शताब्दीका वैज्ञानिकले चन्द्रमामा पनि कुनै न कुनै प्राणीको बास हुनुपर्छ भन्ने अनुमानलाई पछि गएर वैज्ञानिकले त्यहाँ वायुमण्डल र पानी नै नभएको भन्दै गलत सावित गरेता पनि ब्रह्माण्डको कुनै न कुनै कुनामा जीवन भएको कुरा भने नकार्न सकेका छैनन् । तर, त्यो जीवन हाम्रो जस्तो हुन्छ या योभन्दा अझ विशेष खालको भन्नेबारे भने वैज्ञानिक अन्यौलमा छन् । वैज्ञानिकहरु यस विषयमा जानकारी हाँसिल गर्नका लागि निरनतर खोजमा लागेता पनि ठोस प्रमाणहरु हालसम्म पनि भेट्टाउन सकेका छैनन् ।

यही खोजका क्रममा पृथ्वी बाहिर जीवन हुन सक्ने सम्भावनाका रुपमा सौर्यमण्डलको एक विशाल ग्रह शनिको उपग्रह टाइटन र बृहस्पतिको उपग्रह युरोपामाथि जीवन हुन सक्ने वैज्ञानिकहरु दावी गर्छन् । ती मध्ये पनि बढी सम्भावनायुक्त रुपमा टाइटनलाई लिईएको छ । वैज्ञानिकहरुले टाइटनमा जीवनको सम्भावना देख्नुको प्रमुख कारण त्यहाँ पृथ्वीमा जीवनको शुरुवातमा रहेको जस्तो वायुमण्डल हुनु हो ।

त्यहाँ पृथ्वीमा अहिले विद्यमान रहेको जस्तो बिस्तृत र विकसित जीवनको सम्भावना न्युन छ । किनकि पृथ्वीको वर्तमान वायुमण्डल जस्तो प्रकृतिको वायुमण्डल हाल त्यहाँ विकसित भइसकेको छैन । तरपनि वैज्ञानिकरुहरुको टाइटनमा जीवन कुनै न कुनै रुपमा रहेको विश्वास गर्छन् ।

त्यहाँ ब्याक्टेरिया लगायत अति सुक्ष्म जीव जीवाणुको रुपमा जीवनको अस्तित्व हुनुपर्ने कुरालाई आधार मान्दै वैज्ञानिकहरुले खोज तथा अनुसन्धान जारी राखेका छन् । पृथ्वीमा जीवको उत्पति हुँदा पृथ्वी र टाइटनको वायुमण्डलमा खासै भिन्नता नरहेको वैज्ञानिकहरुको दाबी छ।

टाइटनलाई सुन्तला रङको बाक्लो बादलले ढाकेको वैज्ञानिकरुहरुले बताएका छन् । यसको वायुमण्डल पृथ्वीको भन्दा दश गुना बढी बाक्लो छ । यस्तो बाक्लो वायुमण्डल भएको अहिलेसम्म थाहा भएकोमा सौर्यमण्डलभित्र यही एउटामात्र उपग्रह हो ।

बाक्लो सुन्तला रङको बादलले ढाकिएका कारण टाइटनको सतहमा के छ भन्ने थाहा पाउन त्यहाँ नै गई अनुसन्धान गर्नुको विकल्प छैन । पृथ्वीको जस्तो जीवको अस्तित्वको लागि भने टाइटन अहिले अत्यधिक चिसोको कारण अनुपयुक्त छ तर भविष्यमा यो अवस्था फेरिन पनि सक्छ भन्ने वैज्ञानिकको विश्लेषण छ ।

हरेक ब्रम्हाण्डीय पिण्डहरुको निश्चित आयु हुन्छ र उर्जा सकिंदै गएपछि हरेकको अस्तित्व पनि समाप्त हुँदै जाने कुरा पत्ता लगायसँगै जीवन कहाँ छ भन्ने कुरा पत्ता लगाउनु पनि वैज्ञानिकका लागि उत्तिकै महत्वपूर्ण छ ।

वैज्ञानिकहरुका अनुसार सूर्यमा रहेको उर्जा सकिंदै जाने क्रममा रहेको र अरबौं वर्ष पछि सुर्यको आकार अहिलेको भन्दा ५० गुना ठूलो हुने र रातो तारामा परिणत हुने छ ।

जसका कारण त्यसबेला पृथ्वीको सतहको तापक्रम अति नै बढ्नेछ । जसले गर्दा यहाँको जीवको अस्तित्व नै समाप्त हुनेछ । तर ठीक त्यही समयमा नै टाइटनको तापक्रम भने जीवनका लागि अनुकुल हुने उनीहरुको भविष्यवाणी छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया