आइसीसी यू-१९ विश्वकप एसिया छनौटः नेपालद्धारा मलेसिया पराजित

५ बर्ष अगाडि

आईसीसी यू–१९ वर्ल्डकप क्रिकेटका लागि जारी एसिया छनोटको तेस्रो खेलमा नेपालले आयोजक मलेसियालोई ८ विकेटले पराजित गरेको छ ।क्वालाम्पुरस्थित बायुमास ओभलमा ९३ रनको सामान्य लक्ष्य पच्छ्याएको नेपालले मात्र १३ ओभरमा २ विकेटको क्षतिमा भेट्टयो ।

नेपालको जितका लागि रित गौतमले सर्वाधिक नटआउट ३९ रनको योगदान दिए । नेपालका ओपनर गौतमले ४५ बलको समाना गर्दा ५ चौका प्रहार गर्दैै ३९ रनको स्कोर बनाएका हुन् । आशिफ शेखले २६ तथा अर्का ओपनिङ पार्टनर पवन सरार्फले १९ रन बनाए । नेपालका लागि कप्तान रोहित कुमार पौडेलले नटआउट ६ रन बनाए ।

पहिलो इनिङमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मलेसियाले ३३ ओभर ५ बलमा ९२ रन जोड्दा अलआउट भयो ।

मलेसियाका लागि लेजाड ड्यानियल बिन अहमेदले सर्वाधिक ३७ रन जोड भने कप्तान मोहमद अमिरले १३ तथा हाकिम हरिसनले १० रन बनाए । मलेसियाका ब्याटस्म्यानहरुलाई सस्तैमा समेट्ने क्रममा नेपालका पवन सर्राफ र कुशल मल्लले ३/३ विकेट तथा कमल सिंह ऐरीले २ विकेट लिए ।

नेपालले यसअघि खेलेका दुई खेलमा एक जित र एकमा हार बेहोरेको छ । विश्वकपमा छनोट हुने लक्ष्यसहित मलेसिया पुगेको नेपाल घरेलु टोलीविरुद्ध सहज जित निकालेको छ । पछिल्ला पाँच खेलमा मलेसियाले नेपाललाई पराजित गरेको थिएन ।

मलेसियाविरुद्ध जित निकालेको नेपालको विश्वकपमा छनोट हुने सम्भावना अझै कायम छ । ३ खेलबाट ४ अंक जोडेर नेपाल तेस्रो स्थानमा छ । दुवै खेल गुमाएको मलेसिया पाँचौ स्थानमा छ । छनोटमा २ खेल जितेको कुवेत ४ अंकसहित शीर्ष स्थानमा छ । ४ अंक नै जोडेको युएई दोस्रो स्थानमा छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया