एकाएक कहाँ गयो बैंकमा रहेको १४ अर्ब, यस्तो रहेछ कारण

५ बर्ष अगाडि

काठमाडौं – नेपालको बैंक तथा वित्तीय संस्थाबाट एक साता मात्रै १४ अर्ब बराबरको निक्षेप कहाँ गयो भन्ने प्रश्न यतिखेर बैंकिङ बजारमा चर्चामा छ ।

नेपाल राष्ट्र बैंकका अनुसार एक सातामा रु २१ अर्बको निक्षेप बढेको थियो । तर एक दिनमा नै बैंकिङ प्रणालीबाट १४ अर्ब निक्षेप हरायो । कहाँ गयो भन्ने बारेमा धेरैको चासो तथा चिन्ता पनि देखियो ।

बैंकिङ क्षेत्रका जानकारहरु मध्येका अनुसार रु १४ अर्बमध्ये रु १० अर्ब त सानिमा बैंकबाट झिकिएको थियो । चैतमा विकास निर्माणका काम केही बढेको तथा स्थानीय निकायमा जाने संघीय बजेट पनि भुक्तानी भएकाले निक्षेपका सुधार देखिएको थियो।

निक्षेपमा आएको सुधारले ऋण बिस्तारसँग सन्तुलन समेत देखिएको थियो । चालु आवमा बैंकले रु २ खर्ब ३७ अर्ब निक्षेप संकलन गरेर रु ३ खर्ब २ अर्ब ऋण दिएका थिए । तर गत चैत २५ गते रु १४ अर्ब बराबरको रकम एकाएक बैंकबाट हरायो ।

कूल रु  १४ मध्ये रु १० अर्ब रकम सानिमा बैंकले नेपाल आयल निगमलाई उपलब्ध गरायो । सानिमा बैंकले आयल निगमको खाता चलाउने गर्छ । पेट्रोलियम पदार्थको भुक्तानी दिनका लागि निगमले रु १० अर्ब मागेपछि सानिमाबाट त्यो पैसा झिकिएको थियो । रु  चार अर्ब रुपैयाँ चैत २५ गते सरकारलाई भ्याट उपलब्ध गराउनुपर्ने भएकाले घटेको थियो । 

५ बर्ष अगाडि

प्रतिक्रिया