राष्ट्र बैंकमा आफ्नै हात जगन्नाथ, यसरी बाँडियो २२० प्रतिशतसम्म भक्ता

५ बर्ष अगाडि

काठमाडौं – नेपाल राष्ट्र बैंकका उच्च पदस्थ कर्मचारीहरुले तलबको २२० प्रतिशतसम्म भत्ता लिने गरेको तथ्य उजागर भएको छ ।

महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको ५६ औं बार्षिक प्रतिवेदनमा केन्द्रिय बैंकका उच्च पदस्थ कर्मचारीहरुले २२० प्रतिशत भत्ता लिने गरेको तथ्य उजागर भएको हो ।

महालेखाका अनुसार राष्ट्र बैंकका तल्लो तहका कर्मचारीहरुले तलब बाहेक कर्मचारी सञ्चय कोष, औषधी उपचार कोष, उपदान कोष र कर्मचारी सुरक्षा कोषका अलवा अन्य ८ वटा भत्ता पाउँछन् ।

तर उच्च पदस्थ कर्मचारीहरुले भने थप ११ वटा अन्य भत्ता तथा सुविधा लिने गरेका छन् । यसरी वितरण गरिएका भत्ता वापत गत बर्ष मात्रै रु १ अर्ब ३२ करोड खर्च भएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया