पाँच लाख माथिको शेयर कारोवारमा आजदेखि प्यान लाग्ने,कस्तो प्रभाव पर्ला बजारमा

५ बर्ष अगाडि

काठमाडौं – चर्को विवाद, नियमनकारी निकायको सम्वाद भन्दा पेल्ने नीति तथा लगानीकर्ताको आन्दोलनका कारण विवादमा परेको स्थायी लेखा नम्बर(प्यान) आजदेखि सेयर बजारमा लाग्ने भएको छ ।

नेपाल स्टक एक्सचेञ्जले आजदेखि ५ लाख रुपैयाँ भन्दा माथिको कारोवारमा प्यान लगाउने भएको छ ।

यसअघि शेयर बजारको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डले अनिवार्य रुपमा सबै लगानीकर्तालाई प्यानको दायरमा ल्याउने व्यवस्था गर्न लागेको थियो । तर, लगानीकर्ताको व्यापक दबाब खेप्न नसकेपछि एकपटकमा पाँच लाखभन्दा माथि कारोबार गर्नेलाई अनिवार्य रुपमा प्यानमा दर्ता हुनुपर्ने र त्योभन्दा कम रुपैयाँको कारोबार गर्ने लगानीकर्तालाई ऐच्छिक व्यवस्था गरेको थियो ।

सरकारले निरन्तर ओरालो लागेको शेयर बजारमा एकपछि अर्को गर्दै नयाँ नीति ल्याउँदै गएपछि त्यसको विरोधमा लगानीकर्ता उभिन पुगेका थिए ।

कूल १८८१ अंकमा पुगेको शेयर बजार निरन्तर घटेर नेप्से ११८१ अंक नजिक आएपछि सरकारले ल्याएका नयाँ नीतिको विरोध गर्दै आन्दोलन गर्दै आएका छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया