पाँच लाख माथिको शेयर कारोवारमा आजदेखि प्यान लाग्ने,कस्तो प्रभाव पर्ला बजारमा

ajaako_artha

काठमाडौं – चर्को विवाद, नियमनकारी निकायको सम्वाद भन्दा पेल्ने नीति तथा लगानीकर्ताको आन्दोलनका कारण विवादमा परेको स्थायी लेखा नम्बर(प्यान) आजदेखि सेयर बजारमा लाग्ने भएको छ ।

नेपाल स्टक एक्सचेञ्जले आजदेखि ५ लाख रुपैयाँ भन्दा माथिको कारोवारमा प्यान लगाउने भएको छ । यसअघि शेयर बजारको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डले अनिवार्य रुपमा सबै लगानीकर्तालाई प्यानको दायरमा ल्याउने व्यवस्था गर्न लागेको थियो । तर, लगानीकर्ताको व्यापक दबाब खेप्न नसकेपछि एकपटकमा पाँच लाखभन्दा माथि कारोबार गर्नेलाई अनिवार्य रुपमा प्यानमा दर्ता हुनुपर्ने र त्योभन्दा कम रुपैयाँको कारोबार गर्ने लगानीकर्तालाई ऐच्छिक व्यवस्था गरेको थियो ।

सरकारले निरन्तर ओरालो लागेको शेयर बजारमा एकपछि अर्को गर्दै नयाँ नीति ल्याउँदै गएपछि त्यसको विरोधमा लगानीकर्ता उभिन पुगेका थिए ।

कूल १८८१ अंकमा पुगेको शेयर बजार निरन्तर घटेर नेप्से ११८१ अंक नजिक आएपछि सरकारले ल्याएका नयाँ नीतिको विरोध गर्दै आन्दोलन गर्दै आएका छन् ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१०२.२०१०२.८०
European Euro१२७.३५१२८.१०
UK Pound Sterling१४४.३३१४५.१७
Swiss Franc१०९.७४११०.३८
Australian Dollar८१.०३८१.५०
Canadian Dollar८२.२६८२.७५
Singapore Dollar७७.४५७७.९१