रामशरण महतले भारतीय बैंकलाई दिएको सिंहदबारको सिण्डिकेट तोडियो

५ बर्ष अगाडि

काठमाडौं – अब सिंहदरबारमा पनि राष्ट्रिय बाणिज्य बैंकको कार्यालय खुलेको छ । । राष्ट्रिय बाणिज्य बैंकले नयाँ बर्षका दिनदेखि सिंहदरबारमा शाखा कार्यालय स्थापना गरेको हो ।  बैंकले आफ्नो २१८ औं शाखाका रुपमा सिंहदरबार प्रवेश गरेको हो ।

सांसद र संसद सचिवालयका कर्मचारीहरुको तलब भारतीय लगानीको एभरेष्ट बैंकबाट मात्रै दिईएको भन्दै बिरोध भएपछि सरकारले राष्ट्रिय बाणिज्य बैंकलाई पनि सिंहदरबार प्रवेश गराएको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले एभरेष्ट बैंक बाहेक अन्य जुनसुकै बैंकबाट पनि सांसदहरुले तलब लिन सक्ने बताएका थिए । अब सांसद र संसदका कर्मचारीले राष्ट्रिय बाणिज्य बैंकबाट समेत आफ्नो तबल भत्ता लिन सक्नेछन् । तत्कालीन अर्थमन्त्री डा रामशरण महतले कमिसनको लोभमा सिंहदरबार भित्र भारतीय बैंकलाई प्रवेश दिएका थिए । 

५ बर्ष अगाडि

प्रतिक्रिया