ब्रम्हाण्डकै महङ्गो पदार्थ एन्टिमेटर,जसको मुल्य प्रतिग्राम ६२. ५ मिलियन डलर पर्दछ, कसरी बन्छ यो ? (भिडियो रिपोर्ट)

५ बर्ष अगाडि

एजेन्सी – संसारमा केहि यस्ता चिजहरुपनि छन्, जुन विश्वका धनाड्य व्यक्तिहरुले आफ्नो सबै सम्पति बेचेर पनि किन्न सक्दैनन् ।  

ब्रम्हाण्डकै महङ्गो पदार्थ के होला त रु कतिलाई थाहा पनि होला । थाहा नभए सबैले आफ्नो आफ्नो तर्क पनि गर्लान् । तर ब्रम्हाण्डकै महङ्गो पदार्थ भनेर एन्टिमेटरलाई मानिन्छ । तर खासमा एन्टिमेटर पदार्थ भने होइन् । एन्टिमेटर अर्थात प्रतिपदार्थ यो नै दुनियाकै सबै भन्दा महङ्गो बस्तु हो । 

यसो भन्दा तपाइलाई विश्वास नलाग्न सक्छ, तर मात्र १ ग्राम एन्टिमेटरको मुल्य ६२. ५ मिलियन डलर पर्दछ । तर एन्टिमेटर पृथ्वीमा भने पाइदैन । तर यसलाई प्रयोगशालामा भने कृत्रिम रुपमा बनाउन सकिन्छ । जब यसलाई कृत्रिम रुपमा बनाइन्छ तब यसको सुरक्षा व्यवस्थामा पनि निकै कडाइ गरिएको हुन्छ ।

नासामा यसको सुरक्षा व्यवस्थामा निकै सतर्कता अपनाइएकाले त्यहा केहि विशेष व्यक्तिबाहेक अन्यलाई रोक लगाइएको हुन्छ । यसको केहि प्रयोग अन्तरिक्षमा पठाइने यानहरुमा पनि प्रयोग गरिएको हुन्छ ।
प्राकृतिक रुपले एन्टिमेटरको  निर्माण पृथ्वीमा अन्तरिक्ष तरङ्गहरु आउदा र रेडियो एकिटभ पदार्थको ब्रेक डाउनबाट मात्रै सम्भव हुने गर्दछ । 


विस्तृप्त जानकारीका लागि हेनुहोस्: भिडियो 

५ बर्ष अगाडि

प्रतिक्रिया