मेस्सी सर्वाधिक धेरै ‘म्यान अफ् द म्याच’ जित्ने खेलाडी, कसको स्थान कहाँ ?

५ बर्ष अगाडि

जारी सिजन युरोपका टप–५ लिगमा सर्वाधिक धेरै ‘म्यान अफ् द म्याच’ खेलाडीको अवार्ड जित्ने खेलाडीमा स्पेनिस बार्सिलोनाका कप्तान लिओनल मेस्सी सबैभन्दा अगाडि छन् । ३१ वर्षीय अर्जेन्टिनी फरवार्डले यो सिजन ला लिगामा कूल १५ पटक उत्कृष्ट खेलाडीको अवार्ड जितिसकेका छन् । लिगमा अझै ६ खेल बाँकी नै छन् ।

मेस्सीले जितेको १५ ‘म्यान अफ् द म्याच’ अवार्ड युरोपका शीर्ष लिगमा अन्य कुनै पनि खेलाडीको भन्दा बढी हो । यो सिजन उत्कृष्ट लयमा रहेका मेस्सीले बार्सिलोनालाई ला लिगाको उपाधि नजिकै लैजान, कोपा डेल रे फुटबलमा फाइनल र च्याम्पियन्स लिगमा क्वार्टरफाइनलसम्म लैजान महत्त्वपूर्ण भूमिका खेलेका छन् ।

यो सिजन गोल र असिस्टमा सबैभन्दा अगाडि रहेका मेस्सी छैटौंपटक गोल्डेन बुट जित्ने दौडमा सबैभन्दा अगाडि छन् । उनीपछि इटालियन युभेन्टसका क्रिस्टियानो रोनाल्डोले यो अवार्ड जम्मा ४ पटक मात्रै जितेका छन् ।

यो सिजन सर्वाधिक धेरै ‘म्यान अफ् द म्याच’ अवार्ड जित्नेमा मेस्सीपछि इंग्लिस क्लब चेल्सीका इडेन हाजार्ड छन् । उनले प्रिमियर लिगमा कूल १३ पटक यो अवार्ड जितेका छन् ।

सर्वाधिक धेरै ‘म्यान अफ् द म्याच’ जित्ने १० खेलाडी :

(१) लिओनल मेस्सी (बार्सिलोना) – १५

(२) इडेन हाजार्ड (चेल्सी) – १३

(३) निकोलास पेपे (लिले) – ११

(४) क्रिस्टियानो रोनाल्डो (युभेन्टस) – ९

(५) ड्यानिएल पेरेजो (भ्यालेन्सिया) – ८

(६) रहिम स्ट्रलिङ (म्यानचेस्टर सिटी) – ८

(७) एलिसियो क्राग्नो (क्याग्लिअरी) – ७

(८) केलियन एमबाप्पे (पिएसजी) – ७

(९) ह्यारी केन (टोटनह्याम) – ६

(१०) जोडन सान्चो (बोरुसिया डटर्ममुन्ड) – ६

५ बर्ष अगाडि

प्रतिक्रिया