सर्वाेच्च अदालतद्वारा राहुल गान्धीको नाममा नोटिस जारी

५ बर्ष अगाडि

भारत – भारतीय कांगेस पार्टीका अध्यक्ष राहुल गान्धीको नाममा सर्वाेच्च अदालतले नोटिस जारी गरेको छ ।

भारतको सुप्रिम कोर्टद्वारा राफेल डिलमाथि पुनर्विचार गर्न अध्यक्ष गान्धी विरुद्ध नोटिस जारी गरेको हो । 

गान्धीले गत महिना मात्रै चौकीदार चोर होु भन्ने अभिव्यक्ति दिएका थिए । अदालतले राहुल गान्धीलाई नोटिस जारी गर्दै २२ अप्रिलसम्म जवाफ दिन भनेको छ । राहुल गान्धीमाथि सुप्रीम कोर्टको बयानलाई गलत रुपमा पेश गरेको आरोप छ । 

बीजेपी नेता मीनाक्षी लेखीले राहुल विरुद्ध आपराधिक मानहानी सम्बन्धी दफालाई टेकेर मुद्दा दायर गरेकी थिइन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया