हृदयघातको खतराबाट बच्न दिनहुँ दुइ चम्चा दही खानुस्

४ बर्ष अगाडि

काठमाडौँ – गर्मी सुरु भएसंगै हामीले आफ्नो खानेकुरामा बिशेष ध्यान दिनु जरुरी हुन्छ । त्यसैले शरीरलाई स्वस्थ राख्नको लागि दहीको सेवन निकैमहत्वपूर्ण हुन्छ ।

यसले शरीरको पाचन क्रियालाई मद्दत गर्नुका साथै बिभिन्न किसमका रोग संग लड्ने क्षमताको बिकास गर्न मद्दत गर्छ ।

दिनहु खानामा दुइ चम्चा दही सामेल गर्नाले ब्लडप्रेसर नियन्त्रण गर्न मद्दत गर्छ  र हृदयघात हुनबाट बचाउछ । दहीले शरीरबाट कोलेस्टेरोलरको मात्रा घटाउने काम गर्छ । यसले तपाईंको मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ ।

अमेरिकन जरनल ऑफ हाइपरटेंशन मा प्रकाशित स्टडीका अनुसार व्यक्ति  स्वास्थ्य रहनका लगि दही एक उत्तम पदार्थ साबित भएको थियो ।
त्यसैले दहीको सेवन गर्नाले हृदयघातको खतराबाट पनि बच्न सकिन्छ।एजेन्सी

४ बर्ष अगाडि

प्रतिक्रिया