जब सलाहले मैदानमा यस्तो सेलिब्रेसन देखाए !

५ बर्ष अगाडि

काठमाडौँ – प्रिमियर लिगमा आइतबार चेल्सीविरुद्ध लिभरपुलले घरेलु मैदानमा २–० को जित निकालेको छ । 

उक्त खेलमा इजिप्सियन गोल स्कोरर मोहम्मद सलाहको भूमिका महत्वपूर्ण रह्यो । जोर्डन हेन्डरसनको पासमा साडियो मानेले ५१ औं मिनेटमा लिभरपुललाई अग्रता दिलाएका थिए । त्यसको दुई मिनेटपछि सलाहले उत्कृष्ट गोल गर्दै घरेलु टोलीको अग्रतालाई दोब्बर पारे । पूर्व क्लब चेल्सीविरुद्ध गोल गरेपछि सलाहको सेलिब्रेसन हेर्न लायक थियो ।

सलाहको त्यो सेलिब्रेसन उनका आलोचकका लागि दिइएको जवाफको रुपमा लिइएको छ । उनले भ्रमणकारी चेल्सीका समर्थकसामु त्यो गोल सेलिब्रेसन गरेका थिए ।

५ बर्ष अगाडि

प्रतिक्रिया