हामीले सिकारु जस्तो फुटबल खेल्यौं : किलियन एमबाप्पे

४ बर्ष अगाडि

काठमाडौँ – पीएसजीका स्टार फरवार्ड किलियन एमबाप्पेले आफ्नो टोलीले सिकारुले जस्तो खेलेको बताएका छन् । एमबाप्पेले च्याम्पियन हुने टोलीले यसरि हार्नु उचित नरहेको बताए । ‘ खेल निकै प्रतिस्पर्धात्मक नै थियो । एक समय हामीले दवाव दिइरहेका थियौं भने एकैछिनमा दवाव खेप्न पर्यो । हामीले च्याम्पियन हुन्छु भन्दैमा यसरी खेल्न हुँदैन्,’ उनले भने ।

‘हामीले अझै संयमता अपनाएर खेल्नुपर्छ । हामीले केहि गल्ति सुधार आवश्यक छ । फुटबल मैदानमा खेलिने खेल हो, बाहिर बोलेर मात्र केहि हुँदैन । आज हामीले सिकारु खेलाडीले जस्तो फुटबल खेल्यौं । यस्तो हार स्वीकार हुने छैन,’ लिगका सर्वाधिक गोलकर्ता एमबाप्पेले थपे ।

(पीएसजी)ले आइतबार दोस्रो स्थानको लिलसँग ५–१ को फराकिलो हार बेहोरेको थियो । पीएसजीका जुआन बर्नाट रातो कार्ड खाँदै बाहिरीएपछि लिलले दबाब सिर्जना गरेको थियो । एक समय १–० ले पछाडी रहेर खेल बराबरी गरिसकेको पीएसजी अन्त्यमा लज्जास्पद हार बेहोर्न बाध्य भयो ।

यस्तो दवावपुर्ण भएको थियो खेल:

४ बर्ष अगाडि

प्रतिक्रिया