१२ वर्ष कान्छा प्रेमीसँग मलाइकाको रोमान्स

५ बर्ष अगाडि

बलिउड अभिनेता अर्जुन कपुरसँगको अफेयरका कारण  यतिबेला अभिनेत्री अभिनेत्री मलाइका अरोरा  चर्चामा छिन् । 

केही दिनअघि बिदा मनाउँदै गरेका उनीहरूको तस्बिर पनि सार्वजनिक भएको छ । उक्त तस्बिर भद्दा भएको भन्दै फ्यानहरूले व्यापक कमेन्टसमेत गरेका थिए । यसको जवाफमा मलाइकाले विकिनीसहितको तस्बिर सार्वजनिक गर्दै आफ्नो खुसी आफैंमा निर्भर रहने बताएकी थिइन् ।

कतिपय सञ्चारमाध्यमले उनीहरूको विवाह आगामी वर्ष हुने बताउँदै आएका छन् । मलाइका र अर्जुनको उमेर १२ वर्षले फरक छ । मलाइकाले गत वर्ष मात्रै अरवाज खानसँग सम्बन्ध विच्छेद गरेकी थिइन् । उनीहरूका तर्फबाट १५ वर्षे छोरा छन् । उनीहरू २१ वर्षसम्म वैवाहिक सम्बन्धमा थिए । अर्जुन भने अविवाहित हुन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया