उपेन्द्र महतोले किन छाडे सानिमा बैंक ? सञ्चय कोषको इन्ट्रीपछि कस्तो होला बैंक

५ बर्ष अगाडि

काठमाडौ – विवादास्पद व्यापारी तथा गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो समूह सानिमा बैंकबाट औपचारिक रुपमा बाहिरिएका छन् । उपेन्द्रका भाइ डा. बिरेन्द्र महत्तोको  नाममा रहेको ३.५ शेयर बिक्री गरिएको जानकारी सार्वजनिक भएको छ ।

महतोको शेयर कर्मचारी सञ्चय कोषले खरीद गरेको बताइन्छ । महतोको संस्थापक शेयर कोषले खरीद गरेपछि स्वीकृतिका लागि फाइल राष्ट्र बैंक पुगेको छ । त्यहाँबाट स्वीकृत भएपछि नामसारी हुने बताइन्छ ।   

गत चैत २५ गतेसम्म शेयर खरीदका लागि आवेदन दिने समय तोकिएको थियो । आवेदनको समय लगत्तै खरीद बिक्री स्वीकृतिको फाइल राष्ट्र बैंक पुर्याइएको हो ।

सानिमा बैंकको २७ लाख १८ हजार ८३५ कित्ता संस्थापक शेयर महतोले बिक्री गरेका हुन् । अंकित मूल्य रु १०० प्रति कित्ताको शेयर रु १८० का दरले बिक्री गरिएको हो । शेयर बिक्रीपछि महतोको हातमा ४८ करोड ९३ लाख ९० हजार ३०० रुपैयाँ आएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया