समयले मानिसलाई कहाँ कहाँ पुर्याउँछ...

५ बर्ष अगाडि

मुम्बई – आफ्नो समयमा बलिउडकी सबैभन्दा ग्यालमर्स गर्लदेखि लिएर एक साध्वी बन्दै फेरि ड्रग्समा अभियोगमा फस्ने सम्म ममता कुलकर्णीको जीवन कुनै फिल्मको कहानी भन्दा कम छैन्। हट फोटोशूटले आफ्नो जमानामा सबै अभिनेत्रीलाई शो अफ गर्न बाध्य पार्ने ममता आज फिल्मदेखि कोसौं टाढा छिन्।

तमिल फिल्म ननबर्गलबाट आफ्नो करियरको सुरुवात गरेकी ममतालाई निर्माता निर्देशक मेहल कुमारले तिरंगामा आफ्नो थर्ड लीड हरीशसँग कास्ट गरेका थिए। सानो रोल भएपनि ममताले यसलाई बलिउड प्रवेशकालागि स्वीकार गरिन्। त्यसपछि ममतालाई फिल्मको कुनै कमी भएन। उनको चौथो हिन्दी फिल्म आशिक आबाराबाट ममता हिट भइन्।

१९९३ मा रिलीज भएको फिल्म आशिक आवाराबाट बलिउडमा डेब्यू गरेका छोटे नवाब सैफ अली खान र उनको अपेजिटमा देखिएकी ममतालाई ठूलो फाइदा भयो। फिल्मी परिवारबाट भएका कारण सैफलाई फिल्ममा जबर्दस्त प्रमोशन मिल्यो र योसँगै ममताको पनि प्रमोट भयो। यसलाई संयोग भनेपनि हुन्छ, यो फिल्मकालागि सैफलाई बेस्ट डेब्यूको फिल्मफेयर र ममतालाई फ्रेश फेस अफ द इयरको अवार्ड मिल्यो। यद्यपी ममताले यसअघि तिरंगासमेत तीन फिल्ममा अभियन गरिसकेकी थिइन्।

ममताले त्यसपछि ए लिस्ट हिरोइन बनिन्। र, उनले ठूला ब्यानरका फिल्म पाउन थालिन्। अक्षय कुमारसँग वक्त हमारा है, नाना पाटेकरसँग क्रान्तिवीर, शाहरुख सलानसँग करन अर्जुन र अमिर खानसँग बाजी जस्ता फिल्ममा उनले अभियन गरिन्। यत्रो ठूला र सफल फिल्ममा अभियन गरेपछि पनि भाग्यमा अरुकै केही लेखिएको थियो।

ममतासँग अन्य हिरोइनको झगडा हुने गरेको गसिप बेलो बेलामा सुनिन्थ्यो। तर, उनको करियारलाई डुबाउने काम गर्यो उनको सबैभन्दा महंगो फिल्मको विवादले। १९९८ मा रिलीज भएको चाइनागेटका निर्माता निर्देशक राजकुमार सन्तोषीमाथि ममताले यौन शोषणको आरोप लगाइन्। त्यसपछि सन्तोषीले पनि ममतामाथि अन्डरवल्र्डबाट धम्की दिन लगाएको आरोप लगाए।

फिल्म रिलीज भयो तर, त्यसको पोस्टरमा ममताको फोटो थिएन्। सोही विवादपछि मानिसले ममतालाई किनारा लगाउन सुरु गरे। विस्तारै विस्तारै दर्शकले ममतालाई बिर्सिन थाले र एक दिन ममताले यस्तो काम गरिन्, जसको अपेक्षा गरिएको थिएन्।

ममताले २०१३ मा विकी गोस्वामी नामका व्यापारीसँग विवाह गरिन्। २०१६ मा मुम्बई प्रहरीले उनको नाम ड्रग्स रकेटको अभियोगमा सार्वजनिक गरियो। ममतामाथि ड्रग्स सप्लायर्सको भएको आरोप लाग्यो। त्यसपछि उनी एक साध्वीको भेषमा सार्वजनिक भइन्। ममताले केही संचारमाध्यमका अन्तर्वाता दिएर आफूमाथि लागेको आरोपको खण्डन पनि गरिन्। तर उनी यतिबेला भूमिगत जीवन बिताइरहेकी छन्।

५ बर्ष अगाडि

प्रतिक्रिया