‘दाल भात तरकारी’ को फस्टलुक

५ बर्ष अगाडि

चलचित्र ‘दाल भात तरकारी’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । निर्माण समूहले चलचित्रको पोस्टर सार्वजनिक गरेकाे हाे ।

केही दिनअघि सार्वजनिक भएको चलचित्रको ट्रेलरलाई दर्शकले मन पराएका छन् । यतिबेला निर्माण समूह चलचित्रको प्रचारप्रसारका लागि देश दौडाहामा छ । मह सञ्चारको प्रस्तुतिमा किरण केसी निर्मित चलचित्रलाई सुदन केसीको निर्देशन गरेका हुन् । सुदन कलाकार किरण केसीका छोरा हुन् ।

हरिवंश आचायले कथा, पटकथा तथा संवाद लेखेका हुन् । निरुता सिंह, वर्षा राउत, राजाराम पौडेल, प्रियंका कार्की, विल्सनविक्रम राई, यमन श्रेष्ठलगायतका कलाकारको अभिनय छ ।

मित्र डी गुरुङको सम्पादन रहेको चलचित्रलाई दीर्घ गुरुङले खिचेका हुन् । प्रमिला आचार्य, यमन श्रेष्ठ र शिवहरि पौडेलले मिलेर निर्माण गरेका हुन् । ‘दाल भात तरकारी’ २० वैशाखदेखि प्रदर्शन हुँदै छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया