‘नेयमारभन्दा डेम्बेले राम्रो’

५ बर्ष अगाडि

काठमाडौँ  – बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले ब्राजिलियन स्टार नेयमार भन्दा फ्रान्सेली मिडफिल्डर ओस्मान डेम्बेले राम्रो भएको प्रतिकृया दिएका छन् ।

एक टेलिभिजन च्यानलमा अन्तर्वार्ता दिने क्रममा बार्टोमेउले यस्तो अभिव्यक्ति दिएका हुन् । 

बार्सिलोनाले सन् २०१७ मा नेयमारलाई २ सय २२ मिलियन युरोमा पीएसजीलाई बेचेको थियो । त्यसै ट्रान्सफरमा डेम्बेले बोरुसिया डर्टमुन्डबाट १ सय ५ मिलियन युरोमा बार्सिलोना आएका थिए । बार्सिलोनाका अध्यक्षले डेम्बेले राम्रो भएका कारण नै क्लबमा आएको बताए ।

‘हामीले नेयमारलाई बेचेको पैसाले डेम्बेले र कोउटिन्होलाई खरिद गर्ने योजना बनाएका थियौं । डेम्बेलेको स्तर नेयमारभन्दा पनि राम्रो छ । उनी नेयमारभन्दा राम्रो खेलाडी हुन् र क्लबमा पनि स्थापित भइसकेका छन्,’ उनले भने । 

५ बर्ष अगाडि

प्रतिक्रिया