खाली पेटमा लसुन खानु स्वास्थ्यलाई फाइदै फाइदा

५ बर्ष अगाडि

काठमाडौँ – खाली पेटमा लसुन खादा स्वास्थ्यलाई धेरै फाइदा हुने अध्यनले देखाएको छ । 

खाली पेटमा लसुन खादा उच्चरक्तचापको समस्या नियन्त्रण गर्नुका साथै मुटुसम्बन्धी रोग लाग्नबाट समेत बचाउदछ । 

यस्ता छन् खाली पेटमा लसुन खानुको फाइदाहरु:  

१. काँचो लसुनलाई तातो पानीसंग बिहान खाली पेटमा खानाले मोटोपन तथा शरीरमा कोलेस्ट्रोरलको मात्रा कम गर्न मद्दत गर्छ ।

२. उच्चरक्तचापको समस्या नियन्त्रण गर्नुका साथै मुटुसम्बन्धी रोग लाग्नबाट बचाउँछ ।

३. शरीरमा चिनीको मात्रा नियन्त्रण गर्नुका साथै मधुमेह रोग लाग्नबाट जोगाउछ ।

४. शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउ मद्दत गर्नुका साथै पेटको विकारलाई शरीरबाट बाहिर निकाल्न मद्दत गर्छ । जसले पेटलाई सफा राख्न मद्दत गर्छ र पेट सम्बन्धी समस्याबाट मुक्ति मिल्छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया