क्वार्टरफाइनलबाट बाहिरियो रोनाल्डोको युभेन्टस

५ बर्ष अगाडि

एजेन्सी – सुपर स्टार क्रिस्टियानो रोनाल्डोले सुरुवाती अग्रता दिलाएपनि इटालियन क्लब युभेन्टस च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलबाट बाहिरिएको छ । 

घरेलु मैदानमा मंगलबार राति भएको खेलमा युभेन्टस डच क्लब आयाक्ससँग २–१ गोलले पराजित भयो । पहिलो लेगमा १–१ गोलको बराबरी खेलेको आयाक्स समग्रमा ३–२ को जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ । 

निकै प्रतिस्पर्धात्मक खेलमा सुरुवाती अग्रता युभेन्टसले लिएको थियो । युभेन्टसका लागि रोनाल्डोले २८औं मिनेटमा गोल गरे । त्यसपछि आयाक्सका डोली भान डे विकले ३४औं मिनेटमा बराबरी गोल फर्काए । 

६७औं मिनेटमा कप्तान माथिज डे लिटले गोल गर्दै आयाक्सलाई अग्रता दिलाए । माथिजले लास स्कोनेको कर्नर पासमा  हेड गोल गरेका थिए । खेलभर शसक्त प्रदर्शन गरेको आयाक्स अन्तिममा बलियो टोली युभेन्टसलाई हराउन सफल भयो ।

५ बर्ष अगाडि

प्रतिक्रिया