करिब १५ लाखले खोले डिम्याट खाता, शेयर बजार विस्तार हुँदै

४ बर्ष अगाडि

काठमाडौं – शेयर बजारमा प्रवेशका लागिसामान्य शर्त जस्तै बनेको हितग्राही खाता अनिवार्य गरिएसँगै त्यस्तो  खाता खोल्नेको संख्यामा वृद्धि भएको पाइएको छ ।

२०७३ साउन १ गतेदेखि उपत्यकाभित्रबाट हितग्राही खाता  अनिवार्य गरिएको थियो । हितग्राही खाता अनिवार्य गरिएको तीन वर्ष वितिसक्दा यसको संख्यामा पनि वृद्धि हुदै गएको सिडिएस एण्ड क्लियरिङ् लिमिटेडले जनाएको छ ।

हाल  त्यस्तो खाता खोल्नेको संख्या १४ लाख ८४ हजार २०७ पुगेको छ । अनिवार्य गरिएको पहिलो आर्थिक वर्ष २०७२÷७३ को अन्त्यसम्म ३ लाख ५३ हजार १३६ लगानीकर्ताले डिम्याट खाता खोलेका थिए ।

त्यो संख्या आर्थिक वर्ष २०७३/७४ मा ४ लाख ८० हजार ८७६ र आर्थिक वर्ष २०७४/७५ मा ४ लाख २१ हजार ५२३ रहेको थियो । त्यस आधारमा गत आर्थिक वर्षको अत्यसम्म अर्थात गत असार मसान्तसम्ममा १२ लाख ५५ हजार ५३५ जना लगानीकर्ताले हितग्राही खाता खोलेका छन ।

गत असार मसान्तसम्मको हितग्राही खाताको संख्या र हाल कायम संख्याविच तुलना गर्दा यस आर्थिक वर्षको ९ महिनामा मात्र २ लाख २८ हजार ६७२ वटा हितग्राही खाता थप भएको छ ।

तीन आर्थिक वर्षमध्य आर्थिक वर्ष २०७३/७४ मा सबैभन्दा बढी हितग्राही खाता खोलिएको सिडिएसको तथ्याङ्कले देखाउँछ । हाल कायम हितग्राही खातामा ४ अर्ब २१ करोड १६ लाख ६७ लाख ७४ हजार १७३ कित्ता शेयर रहेको सिडिएसको तथ्यांकमा उल्लेख छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया