यी ६ खाना जसले क्यान्सर निम्त्याउँछ

५ बर्ष अगाडि

काठमाडौँ – बजारमा पाइने जंक फुड अर्थात् फास्ट फुड क्यान्सर निम्त्याउने महत्वपूर्ण कारक हुन् भन्ने तथ्य बेलाबेलामा सार्वजनिक भइनै रहन्छन् । 

प्याकेटमा राखिएका खानामा प्रयोग हुने अवयवहरुले प्रारम्भिकरुपमा क्यान्सर निम्त्याउन सहयोग गर्ने तथ्य समेत फेला परेका छन् । तर पनि व्यस्त शहरमा जंक फुडको खपत गर्नेहरुको जमात बढ्दो छ । हामीले सामान्यरुपमा खाइरहने जंक फुड मध्ये क्यान्सर जस्तो प्राणघातक रोग निम्त्याउन  सक्छ । 

यस्ता ६ खाना जसले क्यान्सर निम्त्याउछ :

१.सोडा

सामान्यतया हामी सोडा खाइरहन्छौं । प्लास्टिकको बोतलमा प्याक गरिएको सोडामा क्यान्सर निम्त्याउने क्यारमल कलर मिसाइएको हुन्छ । पानीमा कृतिम कलर राखेर तयार पारिने सोडाले मान्छेमा क्यान्सर निम्त्याउने अनुसन्धानले देखाएको छ । कृतिम रंग निकाल्नको लागि प्रयोग गरिने कार्सियोजेनिक केमिकलले क्यान्सर निम्त्याउन सक्छ । 
विकल्पः मानव स्वास्थ्यका लागि सबैभन्दा किफायती पानी नै हो । यदि गुलियो बढिनै मन पर्छ भने पानीजस्तै देखिने सोडाको प्रयोग गर्नु राम्रो हुन्छ । 

२.ग्रिल्ड अर्थात् पोलेको रातो मासु

सिन्कामा उनेर पोलेको मासुको छुट्टै मिठो स्वाद आउँछ । यसरी मासु पाक्न निकै उच्च तापक्रमको प्रयोग हुने भएकाले त्यसले क्यान्सर निम्त्याउने हाइड्रोकार्वनको उत्सर्जन गर्छ । रातो मासुको अधिक मात्रामा खाँदा त्यसले क्यान्सर निम्त्याउन सक्छ । 
विकल्पः रातो मासु कम खाने, सजगता अपनाएर पकाउने । 

३. माइक्रोवेभ पपकर्न (फुराएका मकै)

बटर फ्ल्याभरको पपकर्न धेरैजसो व्यक्तिको रोजाइमा पर्छ । बटर फ्ल्याभर राखेर पप कर्न पकाउँदा उत्सर्जन हुने टक्सिन र कार्सियोजेनिक केमिकलले क्यान्सर निम्त्याउँछ । 
विकल्पः माइक्रोवेभमा तयार पारिएको पपकर्नको खपत नगर्ने र अर्गानिक मकै किनेर आफ्नै चुलोमा फुराएर खाने ।
 

४.क्यानमा प्याक गरिएको खाना, विशेषगरी टमाटर


क्यानमा प्याक गरिएका सबै खानेकुरा स्वास्थ्यका लागि हानिकारक छन् । विशेषगरी क्यानमा प्याक गरिएका टमाटर खाँदा त्यसले स्वास्थ्यमा गम्भीर असर पुर्याउँछ । सामान्यतया टमाटर खपत स्वास्थ्यको लागि फाइदाजनक छ । 
विकल्पः क्यानमा प्याक गरिएको टमाटर प्रयोग नगर्ने, ताजा टमाटरको प्रयोग गर्ने ।

५.गैर जैविक फलफुल तथा सागपात

आफैमा फलफुल सागपात मानव स्वास्थ्यमा किफायती हुन्छन् । तर फलफुलमा प्रयोग गरिने विभिन्न विषादीले स्वास्थ्यमा गम्भीर असर पुर्याउँछ । 

६. प्रशोधित मासु

प्रशोधित मासुमा धेरै जसोले रुचिपूर्वक खाने ससेजलगायतका मासुका परिकारहरु पर्छन् । यस्तो मासु आवश्यकता अनुसार फ्राइ गरेर सहज रुपमा खान मिल्छ । तर यसले स्वास्थ्यमा ल्याउने समस्या भने निकै गम्भीर हुन्छ । यस्तो मासु प्रशोधनका क्रममा अधिक मात्रामा नुन, डरलाग्दा केमिकलको प्रयोग हुन्छ । हेर्दै खाउँ खाउँ लाग्ने यस्ता मासुका परिकारले अन्ततः प्राणघातक क्यान्सर निम्त्याउछन् । 
विकल्पः सकभर फ्रेस र अर्गानिक मासुको खाने, कम प्रशोधित मासुको पहिचान गरी कहिलेकाँही मात्र खाने । (एजेन्सीको सहयोगमा जोसेफ शाहीले तयार पारेको सामाग्री)

५ बर्ष अगाडि

प्रतिक्रिया