अष्ट्रेलियाले गर्यो भिसा नीतिमा परिवर्तन

५ बर्ष अगाडि

अष्ट्रेलियाले अदक्ष आवेदकलाई निरुत्साहित र दक्षलाई प्रोत्साहित गर्न आफ्नो अध्यागमन तथा भिसा नीतिमा परिवर्तन गरेको छ । 
परिवर्तित नियममा मुख्य गरेर स्थायी बासिन्दाको अनुमतिपत्र (पीआर) लिनका लागि गरिएको पोइन्ट अंक प्रणालीमा ठूलो फेरबदल गरिएको छ । 
लामो समयदेखि अष्ट्रेलियाले यहाँका स्थायी बासिन्दाको अनुमतिपत्र (पीआर) पाउने प्रक्रियाका लागि अंक प्रणालीलाई अबलम्बन गर्दै आएको छ । 
हालै सार्वजनिक गरिएको नयाँ नियममा दक्ष जोडी हुनेले थप एक अंक पाउने भएका छन् भने एकल निवेदन दिने आवेदकलाई समेत नयाँ नियमले फाइदा पुग्ने भएको खबर कान्तिपुर दैनिकमा छापिएको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया