रकम फुत्काउन किर्ते उपभोक्ता समिति

५ बर्ष अगाडि

राजविराज — प्रदेश २ सरकारद्वारा सञ्चालित योजनाको रकम फुत्काउन किर्ते उपझोक्ता समिति र व्यत्ति खडा गरिएको खुलेको छ ।

 भौतिक पूर्वाधार विकास मन्त्रालयबाट सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–२ र ३ मा पर्ने सडकमा माटो तथा ग्राभेल गर्न स्वीकृत २५ लाख रुपैयाँको योजनामा किर्ते समितिमार्फत बैंक खातासमेत खोलिएको पाइएको हो । 


उक्त कार्यमा रातो पासपोर्ट काण्डमा मुछिएका पूर्वसांसद बीपी यादवसहितका नेताको संलग्नता रहेको आरोप छ । केही दिनअघि काम सुरु हुन थालेपछि स्थानीय बासिन्दा कुन निकायबाट भइरहेको हो भन्ने बुझ्न गाउँपालिका कार्यालय पुगेका थिए । गाउँपालिकाले पनि जानकारी नरहेको बताएपछि खोजी सुरु भएको थियो, कान्तिुर दैनिकमा खबर छापिएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया